अछाम : गरिबि निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तरगत वडानम्वर ३ मा उद्यमशिलता विकास तालिम सुरु भएको छ । वडा अधयक्ष पदमसिंह भाटको अध्यक्षतामा तालिमको औपचारीक उदघाटन गरिएको हो ।
तालिम उदघाटन गर्दै वडा अध्यक्ष भाटले तालिमबाट सिप सिकेर उद्यमि बन्न सहभागीलाई आग्रह गरे । उदघाटन कार्यक्रममा नगरपालिकाका सूचना अधिकारी तथा प्रशासन शाखा प्रमुख बिष्णु जैशीले मन्तब्य राखे।
एम आइ एस अपरेटर होम साउद, तालिम प्रशिक्षक शान्ती खड्का, र पशु प्राविधिक पुजा बिष्ट अतिथि रहेका थिए । मेड्पा कार्यक्रमका सम्पर्क ब्यक्ति एकेन्द्र बोगटीले तालिमको लक्ष उदेश्य बारे जानकारी गराएका थिए भने तालिम उदघाटन कार्यक्रमको संचालन वडा सचिव बालकृष्ण ढुंगानाले गरे ।
यस्तै, मालिका विकास संघ अछामको आयोजनामा मंगलसेन नगरपालिकाका विषयगत समितिहरुसंगको संयुक्त बैठक सम्पन्न भएको छ । नगर प्रमुख पदम बहादुर बोहराको अध्यक्षतामा भएको बैठकमा विषयगत समितिका बैठक, सार्वजनिक सुनुवाइ, गुनासो सुनुवाई, सामाजिक परिक्षण लगायतका विषयमा छलफल गरिएको थियो ।
छलफलका क्रममा नगरप्रमुख बोहराले विषयगत समिति आफ्नो क्षेत्राधिकारका विषयमा जानकार भएमा जनविश्वास बढ्ने बताए । बैठकमा नगरपालिकाको बिभिन्न विषयगत समितिका संयोजक तथा सदस्यहरुको सहभागिता रहेको नगरपालिकाका सूचना अधिकारी विष्णु जैशीले जानकारी दिए ।
प्रतिक्रिया