मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा नेपाल लाइफ इन्स्योरेन्सको अभिकर्ता संघ गठन

अछाममा नेपाल लाइफ इन्स्योरेन्सको अभिकर्ता संघ गठन


अछाम : नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेड अछाम उपशाखामा आबद्ध अभिकर्ताहरुको भेलाले जिल्ला स्तरिय अभिकर्ता संघ गठन गरेको छ । मंगलसेन नगरपालिका वडा नम्बर ६ को ठुलासैनमा भएको अभिकर्ताहरुको भेलाले यसबर्ष एजेन्सी म्यानेजर बन्नु भएका भक्त बहादुर कुवरको अध्यक्षतामा १३ सदस्यिय नेपाल लाईफको अभिकर्ता सँघ गठन गरेको हो ।

जसमा उपाध्यक्ष दिपिका कुवर, सचिव कमल कुमार रावल, सहसचिव प्रेम खनाल, कोषाध्यक्ष नगेन्द्र प्रसाद भण्डारी लगाएत अन्य सदस्य रहेका छन । सदस्यमा पवित्रा भण्डारी, कम्मान सिह चलाउने, कृष्ण बहादुर सोडारी, नमराज न्यौपाने, अर्जुन बहादुर कुवर, इश्वर रावल, नम बहादुर बिष्ट र केशर रावल सदस्य रहेका छन ।

आगामी दिनमा अभिकर्ताको सम्बन्ध सुमधुर सहीत बिमीतलाई अझै आकर्षित पार्न खेल्नसक्ने भमिका निभाउने उद्देश्यका साथ संघ गठन गरिएको जिल्ला अध्यक्ष कुवरले बताए ।

गठन भेलामा बोल्दै मंगलसेन नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष तथा अभिकर्ता जनकराज भण्डारीले आर्थिक रकम जम्मा गर्नु नै भविष्यको सम्पती भएकाले सबैले बचत गर्ने बानिको बिकास गर्नुपर्ने बताए । बिमा कम्पनीमा नागरिकलाई आकर्षित सहीत बिमा गर्ने वातावरण सिजर्ना गर्नु अभिकर्ताको हातमा रहने भएकाले यसमा ध्यान दिनुपर्नेमा जोड दिए ।

सोही अवसरमा यस आर्थिक बर्षमा प्रथम बिमा शुल्क संकलन गरि अछाम उपशाखाबाट एजेन्सी म्यानेजरमा नबिकरण हुन सफल भएका भक्त बहादुर कुवरलाई वडा अध्यक्ष भण्डारीले दोसल्ला तथा एजेन्सी म्यानेजर ईश्वर रावलले डायरी हस्तान्तरण गर्दै सम्मान गर्नु भएको थियो ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेड अछाम उपशाखामा झण्डै ४ सय ५० भन्दा बढी अभिकर्ता आबद्ध रहेका छन । कार्यक्रमको संञ्चालन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेड अछाम उपशाखा प्रमुख पदम बहादुर थ्यायतले गर्नु भएको थियो ।