अछाम : करदाता शिक्षा तथा अन्र्तक्रिया कार्यक्रम मंगलसेनम सम्पन्न भएको छ । अछाम चेम्बर अफ कमर्सको आयोजनामा भएको अन्र्तक्रिया कार्यक्रममा करदाता शिक्षा, अहिलेको अवस्था, कारोबार गर्ने ब्यक्तिले ध्यान दिनुपर्ने कुरा, प्रतिबन्धित सामान बेच्न नपाईने लगायतका बिषयमा छलफल गरिएको थियो ।
अछाम चेम्बर अफ कमर्सका अध्यक्ष खेमराज ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा करदाता सेवा कार्यालय साफेबगरका कर अधिकृत धर्म बहादुर रोकायले कार्यक्रममा सहभागी ब्यापारी तथा सरोकारवालाले सोधेका भएको प्रश्नको जवाफ दिएका थिए । हाम्रो समाजमा अहिलेपनी कर भन्ने बित्तिकै डराउने प्रचलन रहेकाले करले डराउने नभई कर भनेको हरेक ब्यवसायको भर भएकाले राज्यलाई कर तिर्नमा कञ्जुसाई गर्न नहुने उनको भनाई छ ।
करले हरेक ब्यक्तिको लगानी सुरक्षित गर्ने भएकाले करदाता शिक्षालाई ग्रामिण क्षेत्र सम्म पु¥याउनुपर्ने अहिलेको आवश्यक्ता रहेको करअधिकृत रोकायले बताए । कार्यक्रममा सहभागी ब्यपारीहरुले दोहोरो करनिती हटाउनुपर्ने, करदातालाई सहजहुनेगरि करतिर्ने ब्यवस्था गर्नुपर्ने, करकार्यालयमा दर्ता नगरेरै ब्यावसाय गरिरहेका ब्यापारीहरुलाई करको दायरामा ल्याउनुपर्ने लगायतका माग राखेका थिए ।
कार्यक्रममा बोल्दै चेम्बर अफ कमर्सका अध्यक्ष खेमजराज ढुंगानाले करदातालाई सहज पार्न आफ्नो शाखाले आगामी दिनमा गतिविधि संञ्चालन गर्ने प्रतिबद्धता जनाए। कार्यक्रममा उद्योगबाणिज्य संघ अछामका उपाध्यक्ष राम बहादुर शाही, मंगलसेन नगरपालिकाका निमित्त प्रमुख प्रशासमियक अधिकृत खगेन्द्र बहादुर सोडारी लगायतले मन्तब्य राखेका थिए ।
कार्यक्रमको संञ्चालन दिपक रावलले गरेका थिए ।
प्रतिक्रिया