मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माओवादी केन्द्र रामारोशनका अगुवा कार्यकर्ताहरुको भेला सम्पन्न

माओवादी केन्द्र रामारोशनका अगुवा कार्यकर्ताहरुको भेला सम्पन्न


अछाम : नेकपा माओवादी केन्द्र रामारोशनका अगुवा कार्यकर्ताहरुको प्रारम्भिक बैठक खालबजारमा सम्पन्न भएको छ । गाउँ कमिटी अध्यक्ष कम्मान सिंह साउदको अध्यक्षतामा भएको बैठकले पार्टी संगठन सुदृढ बिस्तार तथा क्रियाशिल बनाउने, जनबर्गिय संगठनहरुलाई क्रियाशील बनाउदै लैजाने लगाएत निर्णय गरेको छ । सर्बोच्चले पार्टिलाई पुर्ववत स्थितमा पुरयाएपछी रामारोशनको अगुवा कार्यकर्ता भेला सुदूरपश्चिमकै पहिलो भएको पार्टी कमिटीले जनाएको छ । बैठकमा प्रदेश कमिटी सदस्य झंकर बहादुर साउद, जिल्ला पार्टी संयोजक झपट साउद, आयोजक कमिटी सदस्य खडक रोकाया, जिल्ला सचिवालय सदस्य रामारोशन ईन्चार्ज पहल साउद, जिल्ला सचिवालय सदस्य हर्क बुढा, शुसिल साउद, जिल्ला सदस्य रबिन्द्र साउद, खकेन्द्र साउद, मिन परियार, अखिल नेपाल शिक्षक संगठनका मनोज रावल, नरेन्द्र लम्साल अतिथि रहनु भएको थियो ।