मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेसले बोलायो पदाधिकारी बैठक

कांग्रेसले बोलायो पदाधिकारी बैठक


काठमाडौं– नेपाली कांग्रेसले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएको छ। सभापति शेरबहादुर देउवाले भोलि सोमबार दिउँसो दुई बजेका लागि बैठक डाकेका हुन्।  

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ। बैठकमा १४ औं महाधिवेशन तथा समसायिक राजनीतिक अवस्थाका बारेमा छलफल हुने उनले बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्ने विषयमा कांग्रेसमा छलफल भइरहेको छ। वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले ओलीको विकल्प खोज्न अग्रसरता नदेखाएको भन्दै सभापति देउवाप्रति असन्तुष्टि जनाइरहेको छ।

तर, देउवाले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएको र राजपाले समेत प्रष्ट निर्णय गरिनसकेकाले ओलीको विकल्प खोज्न परिस्थिति परिपक्व बनिनसकेको बताउँदै आएका छन्। 

सोमबारको बैठकमा यस विषयमा समेत छलफल हुने बताइएको छ। पदाधिकारी बैठकअघि नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनका लागि टिकट वितरण गर्ने विषयमा छलफल हुनेछ।