मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै

नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै


काठमाडौं – नेपाली कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै छ। 

आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठकमा १४ औं महाधिवेशन तथा समसायिक राजनीतिक अवस्थाबारे छलफल हुने उनले बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्ने विषयमा कांग्रेसमा छलफल भइरहेको छ। 

वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले ओलीको विकल्प खोज्न अग्रसरता नदेखाएको भन्दै सभापति देउवाप्रति असन्तुष्टि जनाइरहेको छ।

तर, देउवाले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएको र जसपाले समेत प्रष्ट निर्णय गरिनसकेकाले ओलीको विकल्प खोज्ने परिस्थिति परिपक्व बनिनसकेको बताउँदै आएका छन्। 

आजको बैठकमा यस विषयमा समेत छलफल हुने बताइएको छ।

पदाधिकारी बैठकअघि नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनका लागि टिकट वितरण गर्ने विषयमा छलफल हुनेछ।