मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काग्रेस नन्देगडाका वडा उपसभापति साउदको ४५ औ दिनको पुन्य तिथिमा श्रद्धाञ्जली सभा सम्पन्न

काग्रेस नन्देगडाका वडा उपसभापति साउदको ४५ औ दिनको पुन्य तिथिमा श्रद्धाञ्जली सभा सम्पन्न


अछाम : जिल्लाको मेल्लेख गाउपालिका वडा नम्बर ७ नन्देगडामा स्वर्गीय नेपाली काग्रेसका वडा उपसभापति टेक बहादुर साउदको ४५ औ दिनको पुन्य तिथिमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।

श्रद्धाञ्जली सभाका प्रमुख अतिथि जिल्ला पार्टी सभापति भरत कुमार स्वार रहेका थिए । सभापती स्वारले साउदको निधनले पार्टीलाई अपुरणीय क्षति पुगेको बताए । उहाको पार्टीमा महत्वपुर्ण योगदान रहेको भन्दै स्मरण गरे ।

वडा सभापति सिद्ध बुढाको अध्यक्ष्तामा भएको श्रद्धाञ्जली सभाका बिशिष्ट अतिथि पुर्ब राजदुत बलबहादुर कुवर रहेका थिए ।

सभामा महाधिशेब प्रतिनिधि टक्कर तामा्रकार,जिल्ला कार्यसमिति सदस्य धन बहादुर शाह,राम बहादुर कुवर,पदम खड्का,भुवनेश्वरी शर्मा, शिक्षा बिभागका केन्द्रिय सदस्य निर्प खड्का, प्रदेश क का सभापति राजेन्द्र खड्का, महिला संघका नगरसभापति रुपा आउजीको सहभागतिा रहेको थियो ।

कार्यक्रम संचालन गंग बुढाले गरेका थिए । ३४ बर्षको उमेरमा साउदको निधन भएको हो ।