काठमाडौं – त्रिदेशीय फुटबल सुरु भएको दोस्रो दिन आज (बुधबार) प्रतियोगिता खेल्ने नेपाली टिमको घोषणा भएको छ।
नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले २३ खेलाडी सम्मिलित नेपाली टिमको घोषणा गरेका हुन्।
यो टिमले भोलि बिहीबार दशरथ रंगशालामा हुने खेलमा कीर्गिस्थानसँग प्रतिस्पर्धा गर्नेछ। नेपाली टिमको कप्तान किरण चेम्जोङ रहने छन् भने उपकप्तान रोहित चन्द रहनेछन्।
नेपाली टिमले दोस्रो खेल शनिबार पाहुना टिम बंगलादेशसँग खेल्नेछ।
गोलकिपरः किरण कुमार लिम्बू, विकेश कुथू र दिप कार्की
डिफेन्डर्सः रन्जित धिमाल, निशान खड्का, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, अजित भण्डारी, विराज महर्जन र छिरिङ गुरुङ
मिडफिल्डरः त्रिदेव गुरुङ, सुजल श्रेष्ठ, तेज तामाङ, एरिक विष्ट, संजोग राई, विशाल राई, सुनिल बल र रवी शंकर पाशवान
प्रतिक्रिया