मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमालेका चार नेताले दिए स्पष्टीकरण

एमालेका चार नेताले दिए स्पष्टीकरण


कार्यालय सचिव भन्छन्– पार्टी मिलाउने होइन फुटाउने खालको पत्र छ 

काठमाडौं । नेकपा एमालेका चारजना नेताले पार्टी महासचिव ईश्वर पोखरेलले सोधेको स्पष्टीकरणको जवाफ दिएका छन् ।

माधवकुमार नेपालसहितका नेताले अध्यक्ष केपी शर्मा ओलीसँगै स्पष्टीकरण माग गर्दै पत्र लेखेका छन् ।

उनीहरुले बुझाएको पत्र पार्टी कार्यालय धुम्बाराही पुगेको छ । नेपालसहित घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र भीम रावलले स्पष्टीकरण बुझाएका हुन् ।

केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले पार्टी एकता भन्दा पनि विभाजन हुनेगरी पत्र प्राप्त भएको बताए ।