मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओलीलाई नेपालका प्रश्नैप्रश्न– तपाईंलाई हटाएर मलाई अध्यक्ष बनाएको तथ्य जानकारी छैन ?

ओलीलाई नेपालका प्रश्नैप्रश्न– तपाईंलाई हटाएर मलाई अध्यक्ष बनाएको तथ्य जानकारी छैन ?


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नेता माधवकुमार नेपालले प्रश्नैप्रश्न अघि सार्दै स्पष्टीकरण माग गरेका छन् । उनले बिहीबार यस्ता प्रश्न अघि सार्दै पत्र बुझाएका हुन् ।

ओलीका तर्फबाट महासचिव ईश्वर पोखरेलले नेपाललाई तीनदिनभित्र स्पष्टीकरण बुझाउन भनेका थिए । त्यसको जवाफस्वरुप नेपालले नै ओलीलाई स्पष्टीकरण माग गरेका छन् । यस्ता छन् पत्रमा रहेका मुख्य प्रश्न 

–एमालेको विधिवत् बैठक किन बोलाउनुभएन ?

–नेपालको कम्युनिष्ट आन्दोलनलाई विभाजित बनाइराख्ने तपाईंको गलत मनसाय रहेको छ किन नभन्ने ?

–कमीकमजोरी सच्याउन गरिएको आग्रहलाई किन अस्वीकार गर्नुभयो ?

–फागुन २८ मा भएको अवैधानिक निर्णय बदर गरौँ भन्दा किन मान्नुभएन ?

–तपाईंमा पार्टी विभाजनको दुरासय देखियो किन नभन्ने ?

–पार्टी विभाजनको रेखा कोर्ने आपत्तिजनक काम किन गर्नुभयो ?

–विधानको उल्लंघन किन गर्नुभयो ?

–स्वेच्छाचारी अधिकार विधानको कुन धाराबाट प्राप्त गर्नुभयो ?

–स्वेच्छाचारी काम गर्दा तपाईंलाई नवौं राष्ट्रिय महाधिवेशनमा गरिएको शपथको सम्झना किन भएन ?

–भ्रम सिर्जना गर्ने उद्देश्यबाट मलाई पत्र किन पठाएको ?

–प्रचण्डलाई पालैपालो प्रधानमन्त्री हुने भनी गरिएको सम्झौता भंग किन गरियो ?

–पार्टी विभाजन गर्ने भन्दै मदन भण्डारी फाउन्डेसनको भेला किन गरेको ?

–प्रचण्डले कार्यकारी अध्यक्षका रुपमा काम गर्ने भन्ने निर्णयलाई किन लत्याएको ?

–देशव्यापी अभियान गर्ने निर्णयको पालना किन नगरेको ?

–पार्टीमा छलफल नगरी किन लकडाउन गरेको ? पीडित जनतालाई सहयोग किन नगरेको ?

–दल विभाजनसम्बन्धी कानुन किन ल्याएको ?

–‘प्रचण्डले बैठक बोलाए पार्टी फुट्छ’ भनेर किन धम्की दिएको ?

–नेकपा एमाले निर्वाचन आयोगमा किन दर्ता गर्न लगाएको ?

–विदेशी गुप्तचर संस्थाका प्रमुखलाई बालुवाटार बोलाएर किन भेटेको ?

–कर्णाली प्रदेशका मुख्यमन्त्रीलाई एकलौटी धम्कीपत्र किन पठाएको ?

–संसद् बोलाउन राष्ट्रपतिसमक्ष गरिएको समावेदनमा किन समस्या बल्झाएको ?

–पुस ५ गते प्रतिनिधि सभाको विघटन किन गरेको ?

–१५०१ जनाको केन्द्रीय कमिटी निर्माण किन गरेको ?

–मलाई मतियार देख्ने तपाईंको व्यक्तिवादको अभिव्यक्तिमात्रै हो भनी किन नभन्ने ?

–मलाई कारवाही गरेर पार्टीलाई फुटको डिलतर्फ धकेल्ने चेष्टा किन गरेको ?

–सांसदको हस्ताक्षरलाई फर्जी भन्ने अधिकार कहाँबाट पाउनुभयो ?

–तपाईंको तर्फबाट धाक धम्की दिँदै प्रलोभन किन दिइएको ? 

–पार्टीका नेतालाई सार्वजनिक गालीगलौज गर्नेलाई प्रशय किन दिएको ?

–तपाईंलाई पार्टी अध्यक्षबाट हटाएर मलाई चयन गरेको तथ्य जानकारी छैन ?