मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस केन्द्रीय समिति बैठक चैत २० मा

कांग्रेस केन्द्रीय समिति बैठक चैत २० मा


काठमाडौं – नेपाली कांग्रेसले चैत २० मा केन्द्रीय समितिको बैठक बोलाएको छ। 

पछिल्लो राजनीतिक विषयमा अनिर्णित रहेको कांग्रेसले २० गतेका लागि बैठक डाकेको हो। पछिल्लो राजनीतिक घटनाक्रम र १४औं महाधिवेशनको कार्यतालिकाबारे छलफल गर्न बैठक डाकिएको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठक केन्द्रीय कार्यालय सानेपामा दिउसोका लागि डाकिएको छ।

कांग्रेसको १४औं महाधिवेशन आगामी भदौ ७ गतेदेखि गर्ने गरी मिति तोकिए पनि कार्यतालिकाअनुसार काम हुन सकेको छैन।

यसअघि चैत १० गतेभित्र क्रियाशिल सदस्यता बुझाइसक्नुपर्ने समयसीमा तोकिएको थियो। अझै सबै क्रियाशील सदस्यको विवरण सार्वजनिक भएको छैन।