मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकारलाई दिएको समर्थन केही दिनभित्रै फिर्ता : प्रचण्ड

सरकारलाई दिएको समर्थन केही दिनभित्रै फिर्ता : प्रचण्ड


काठमाडौं । नेपाल (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई दिएको समर्थन केही दिनभित्रै फिर्ता लिने बताएका छन् ।

शनिबार राजधानीमा बृहत् नागरिक आन्दोलनको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारलाई दिएको समर्थन फिर्ता र अविश्वासको प्रस्ताव दर्ता सँगसँगै होस् भनेर आफूले एक-दुई दिन हेरेको बताए । उनले संसद् विघटनलाई असंवैधानिक भनेर सडकमा गएका दलहरुबाटै हतारमा समर्थन फिर्ता नलिन आफूमाथि जबर्जस्त दबाब रहेको जिकिर गरे ।

‘‘संसद् विघटनको विरुद्ध उभिएका दलबाटै समर्थन फिर्ता नलिन भन्दै दबाब छ, राजनीति उल्टो पर्छ कि भनेर,’’ उनले भने, ‘‘तर, नैतिक र राजनीतिक रुपले अब माओवादी केन्द्रले समर्थन फिर्ता लिन धेरै दिन पर्खन सक्दैन । सरकारलाई दिएको समर्थन केही दिनभित्रै फिर्ता लिन्छौँ ।’’

‘अदालतसँगको सेटिङ’ भत्किएको र संसद् पुनःस्थापना भएको उनको भनाइ थियो । एमाले र माओवादी ब्युँतने गरी भएको सर्वोच्च अदालतको फैसला ‘अस्वाभाविक र अप्राकृतिक’ रहेको उनले उल्लेख गरे । आफूहरु त्यसको पुनरवलोकमा जाने उनले जानकारी दिए ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगामी कदमविरुद्ध आन्दोलनमा रहेका दलहरुलाई अबको राजनीतिक निकासका लागि समझदारी र सहमतिका लागि आह्वानसमेत गरे ।