मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अर्को सय वर्ष पनि संघर्ष गर्नपर्ने हुनसक्छ : सभामुख

अर्को सय वर्ष पनि संघर्ष गर्नपर्ने हुनसक्छ : सभामुख


काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसद्लाई जीवन्त र जनमुखी बनाउन आफूले प्रयास गरिरहेको बताएका छन् ।

शनिबार संसदीय मामिला पत्रकार समाजको सातौँ अधिवेशनलाई सम्बोधन गर्दै सभामुख सापकोटाले पछिल्ला घटनाक्रमले संसद्लाई जीवन्त बनाउन चुनौती थपिएको बताए । तर पनि संसद्ले गति लिन थालेको भन्दै उनले अब जनताको अपेक्षाअनुसार काम गर्ने विश्वास दिए ।

गएको पुस ५ देखि फागुन ११ गतेसम्मका गतिविधि र बहसले राष्ट्रियतालाई थप बलियो बनाएको उनले बताए । निकै उतार–चढाव र बहसपछि अहिलेको अवस्थासम्म आइपुगेको र योबीचमा समुद्र मन्थन भई संसद्ले पुनः गति लिएको उनको भनाइ थियो ।

उनले संसद्मा जनअपेक्षाअनुसार काम नभएको स्वीकार पनि गरे । राष्ट्रियताको सवालमा संसद्ले अद्भूत एकता प्रदर्शन गरेको र ठूल्ठूला समस्या समाधान गरेको उनले उल्लेख गरे ।