मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेसद्वारा शोक प्रस्ताव पारित, तीन दिन पार्टीको झन्डा आधा झुकाइने

कांग्रेसद्वारा शोक प्रस्ताव पारित, तीन दिन पार्टीको झन्डा आधा झुकाइने


काठमाडौं । नेपाली कांग्रेसले पार्टीका नेता नवीन्द्रराज जोशीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको शनिबार बसेको आकस्मिक बैठकले शोक प्रस्ताव पारित गरेको हो ।

बैठकले यही चैत १५ देखि १७ गतेसम्म तीन दिन पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा पार्टीको झन्डा आधा झुकाउने निर्णण गरेको छ । उक्त दिनहरुमा शोकका कार्यक्रमबाहेक पार्टीका अरु औपचारिक कार्यक्रम नगर्ने निर्णयसमेत गरिएको छ । 

चैत १७ गते केन्द्र तथा सबै जिल्ला कार्यालयहरु बन्द गर्ने, निधनको १३औँ दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने तथा १३औँ दिनमा केन्द्र र सबै जिल्लामा भौतिक दूरी कायम गर्दै शोकसभा गर्ने निर्णय पनि गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

पूर्वमन्त्रीसमेत रहेका जोशीको उपचारका क्रममा शुक्रबार राति ८ः२४ बजे निधन भएको थियो ।