मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल पत्रकार महासंघको अध्यक्षमा तीन जनाको उम्मेदवारी दर्ता

नेपाल पत्रकार महासंघको अध्यक्षमा तीन जनाको उम्मेदवारी दर्ता


काठमाडौं । नेपाल पत्रकार महासङ्घको २६औँ महाधिवेशनमा नेपाल प्रेस यूनियन, प्रेस सङ्गठन नेपाललगायत सङ्गठनले संयुक्त रुपमा उम्मेदवारी दर्ता गराएका छन् ।

संयुक्त गठबन्धनको तर्फबाट अध्यक्षमा विपुल पोखरेल, वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, महिला उपाध्यक्षमा बाला अधिकारी, समावेशी उपाध्यक्षमा उदय जिएम र महासचिवमा रोशन पुरीले उम्मेदवारी दर्ता गरेका छन् ।

खुला सचिवमा गोविन्द चौलागाईं, महिला सचिवमा सिर्जना अर्याल, आदिवासी, जनजाति सचिवमा नारायण किलम्बु, मधेशी सचिवमा दिपेन्द्र चौहान, दलित सचिवमा हेमकर्ण विकले उम्मेदवारी दर्ता गराएका छन् ।

कोषाध्यक्षमा कलेन्द्र सेजुवाल उम्मेदवारी दर्ता गराएका छन् भने लेखा समितिको संयोजकमा लेखनाथ न्यौपाने उम्मेदवारी दर्ता गराएका छन् । 

खुला उपाध्यक्षमा धुव्र लम्साल, समावेशी उपाध्यक्षमा शीतलप्रसाद महतो र कोषाध्यक्षमा प्रकाश थापाले उम्मेदवारी दिएका छन् । प्रगतिशील–व्यावसायिक–समावेशी–राष्ट्रवादी समूहका तर्फबाट पत्रकार निर्मला शर्माले अध्यक्षमा उम्मेदवारी दिएकी छन् ।

प्रेस चौतारी नेपाल, प्रेस मञ्च नेपाल, जनपत्रकार संगठन नेपाल र मिडिया नेपालको समर्थनमा सञ्चारिका समूहकी पूर्वअध्यक्ष रहेकी शर्माले उम्मेदवारी दिएकी हुन् । महासंघको इतिहासमा हालसम्म महिला अध्यक्ष भएका छैनन् ।

सो समूहबाट वरिष्ठ उपाध्यक्षमा माधव नेपाल, उपाध्यक्ष महिलामा दाना केसी, उपाध्यक्ष समावेशीमा अवदेशकुमार झा, महासचिवमा बालकृष्ण बस्नेत, सचिव खुलामा रामकृष्ण ज्ञवाली, सचिव महिलामा निमा काफ्ले, सचिव आदिवासी जनजातिमा शाहीमान राई, सचिव मधेसीमा श्वेता सिन्हा, सचिव दलितमा मधु शाही, सचिव एशोसियटमा रामेश्वर कार्की, कोषाध्यक्षमा कृष्ण गिरी र लेखा समिति संयोजकमा द्वारिका काफ्लेले उम्मेवारी दिएका छन् ।

स्वतन्त्र रुपमा गजेन्द्र बुढाथोकीले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । महासंघको निर्वाचन यही चैत २५ गते हुँदै छ । रासस