मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चीनबाट कोरोनाविरुद्धको आठ लाख डोज खोप आज नेपाल ल्याइँदै

चीनबाट कोरोनाविरुद्धको आठ लाख डोज खोप आज नेपाल ल्याइँदै


काठमाडौं । कोरोनाविरुद्धको आठ लाख डोज खोप आज चीनबाट नेपाल ल्याइँदै छ । चीन सरकारको सहयोगमा कोरोनाविरुद्धको ‘भेरासेल’ खोप काठमाडौं ल्याइन लागेको हो । 

दुई मात्रा लगाउनुपर्ने चीनको सिनोभ्याक बायोटेकले उत्पादन गरेको खोप २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिन्छ । 

यसअघि, भारतले सिरम इन्सटिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोपको १० लाख डोज खोप नेपाललाई अनुदानमा उपलब्ध गराएको थियो । उक्त खोप सरकारले प्राथमिकताका आधारमा नागरिकलाई पहिलो डोज दिइसकेको छ ।