मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल-रावल एमालेबाट ६ महिना निलम्बनमा, थप कडा कारबाही गर्ने चेतावनी

नेपाल-रावल एमालेबाट ६ महिना निलम्बनमा, थप कडा कारबाही गर्ने चेतावनी


काठमाडौं । नेकपा एमालेले नेता माधवकुमार नेपाल र भीम रावललाई ६ महिना निलम्बन गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले उनीहरु दुवैजनालाई ६ महिना निलम्बन गरेका हुन् ।

“यस्तै गतिविधिहरु कायम रहेमा तपाईंलाई जुनसुकै बेला पनि थप कडा कारवाही गर्नुपर्ने अवस्था आउन सक्नेतर्फ सचेत गराउँदै, यस्ता पार्टी विरोधी गतिविधि बन्द गर्न र सही बाटोमा फर्किने मौका दिन एकै पटक कडा कारवाही गर्नुभन्दा हाललाई पार्टीको दशौं महाधिवेशन आयोजक कमिटी सदस्य र पार्टीका अन्य सबै जिम्मेवारीहरु तथा पार्टी सदस्यताबाटै पार्टीको विधान २०४९ (संशोधन २०७१समेत)को धारा ४९ (ख) बमोजिम हाललाई ६ (छ) महिनाको लागि निलम्बन गरिएको छ,” नेता नेपाललाई पठाइएको पत्रमा भनिएको छ ।

उनलाई पठाइएको पत्रमा सच्चिनको लागि अन्तिम मौका भएको पनि चेतावनी दिइएको छ ।

यो बीचमा पनि पार्टी गतिविधि कायमै राखेमा निलम्बनको अवधि बीचमा नै थप कारवाही गर्न सकिने चेतावनी दिइएको छ ।प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दिएको जानकारीअनुसार दुवै नेतालाई ६ महिना निलम्बन गरिएको छ ।