मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बंगलादेशविरुद्ध पहिलो हाफमा नेपाललाई २–० को अग्रता

बंगलादेशविरुद्ध पहिलो हाफमा नेपाललाई २–० को अग्रता


काठमाडौं । त्रिदेशीय फुटबल अन्तर्गत फाइनल खेलमा अहिले नेपाल र बंगलादेशले प्रतिस्पर्धा गरिरहेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भइरहेको खेलमा नेपालले पहिलो हाफमा २–० गोलको अग्रता बनाएको हो । 

नेपालले सन्जोक राईको गोलबाट अग्रता बनाएको थियो । 

खेलको १८ औं मिनेटमा नेपालका सन्जोक राईले डिबक्स नजिकको बल गोलमा परिणत गरेका थिए । 

उनले सुनिल बलले हानेको कर्नर किक बंगलादेशका खेलाडीमा लागेर फिर्ता आएको बलबाट गोल गरेका थिए । यसअघि खेलको १३ औं मिनेटमा नेपालका त्रिदेव गुरुङले डिबक्स भित्रको बल पोष्टमा हाने पनि आउट गएको थियो । 

खेलको ४१ औं मिनेटमा नेपालका लागि विशाल राईले गोल गर्दै नेपालको अग्रता दोब्बर पारेका थिए ।  उनले सन्जोक राईको पासमा गोल गरेका हुन् । आजको खेलमा नेपाल जित निकाल्ने योजनामा रहेको छ । 

प्रतियोगितामा एक गोल गर्न नसकेको नेपालले आजको खेलमा गोल गर्न सफल भएको हो ।