मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एक वर्षमा कोरोना नियन्त्रणका लागि १३ अर्ब ६ करोड खर्च

एक वर्षमा कोरोना नियन्त्रणका लागि १३ अर्ब ६ करोड खर्च


काठमाडौं । कोरोना रोकथाम, नियन्त्रण तथा उपचारका लागि हालसम्म १३ अर्ब ६ करोड रुपैयाँ खर्च भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष, प्रदेश कोषको समेत गर्दा १३ अर्ब ६ करोड खर्च भएको हो । यसमा स्थानीय तहले गरेको खर्च विवरण भने जोडिएको छैन ।

प्रधानमन्त्री कार्यालयअन्तर्गत रहेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट २ अर्ब ५२ करोड खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । कोषमा २ अर्ब ९० करोड रुपैयाँ जम्मा भएको थियो । जम्मा भएकोमध्ये ३८ करोड रुपैयाँ खर्च भएको छैन ।

महालेखा नियन्त्रक कार्यालयका प्रवक्ता ज्ञानेन्द्र पौडेलका अनुसार यो अवधिमा संघीय सरकारको बजेट प्रणालीबाट मात्रै ७ अर्ब ६२ करोड रुपैयाँ खर्च भएको छ ।

यस्तै, प्रदेश सरकारले २ अर्ब ९२ करोड रुपैयाँ कोरोना रोकथाम, नियन्त्रण तथा उपचारका लागि खर्च गरेका छन् । “स्थानीय तहको बाहेक प्रधानमन्त्री कार्यालयअन्तर्गत रहेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष, प्रदेश कोष, बजेट प्रणालीबाट हालसम्म कोरोना रोकथाम, नियन्त्रण तथा उपचारका लागि २०७६ चैत देखि २०७७ चैतसम्म १३ अर्ब ६ करोड रुपैयाँ खर्च भएको छ,” उनले भने ।