मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मतदाता नामावलीमा नाम दर्ता गर्न छुटेको छ ? आयोग भन्छ– छिटो गर्नुस्

मतदाता नामावलीमा नाम दर्ता गर्न छुटेको छ ? आयोग भन्छ– छिटो गर्नुस्


काठमाडौं ।  निर्वाचन आयोगले मतदाता नामावली संकलन कार्य पुन: सुरु गरेको छ । सरकारले गत पुस ५ गते संसद् विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेसँगै मतदाता नामावली संकलन कार्य स्थगित भएको थियो ।

निर्वाचन रद्ध भएपछि गत चैत ५ गतेदेखि संकलन कार्य जारी रहेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार ७७ वटै जिल्ला निर्वाचन कार्यालयमा मतदाता नामावली संकलन कार्य जारी छ ।

“मतदाता नामावली संकलन कार्य बाह्रै महिना हुन्छ । तर, कानुनी प्रक्रियाअनुसार निर्वाचन घोषणा भएपछि निर्वाचन सम्पन्न नहुँदासम्मको अवधिमा नामावली संकलन गरिँदैन  । त्यही व्यवस्थाअनुसार पुसको ६ गतेबाट नामावली संकलन कार्य रोकिएको थियो । अहिले सुरु भइसकेको छ,” उनले भने ।

निर्वाचन प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न सम्बन्धित जिल्लामा नै जानुपर्ने हुन्छ । १६ वर्ष पुगेका नागरिकको मतदाता नामावलीमा नाम दर्ता हुन्छ भने मतदान गर्न १८ वर्ष उमेर पुगेको हुनुपर्ने  व्यवस्था छ ।