मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

घनश्याम भुसाल र सुरेन्द्र पाण्डे पनि एमालेबाट निलम्बित

घनश्याम भुसाल र सुरेन्द्र पाण्डे पनि एमालेबाट निलम्बित


काठमाडौं– नेकपा (एमाले) ले उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई पार्टी सदस्यबाट निलम्बन गरेको छ। 

पार्टीले सोधेको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै दुवैलाई ६ महिनाका लागि पार्टीको साधारण सदस्यबाट निलम्बन गरिएको हो। 
एमालेको केन्द्रीय कमिटीले यही चैत ८ गते चार नेतालाई स्पष्टीकरण सोधेको थियो।

अहिलेकै गतिविधि जारी रहेको खण्डमा थप कडा कारबाही हुन सक्ने अध्यक्ष केपी शर्मा ओलीले जनाएका छन्। नेताद्वयलाई सच्चिनका लागि यो अन्तिम मौका भएको ओलीद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ।

यसअघि एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पनि पार्टी सदस्यबाट निलम्बन गरेको थियो।