मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१३ हजार पत्रकारको विवेकको परीक्षा

१३ हजार पत्रकारको विवेकको परीक्षा


काठमाडौं । पत्रकार महासंघमा विभिन्न राजनीतिक दलको समर्थन प्राप्त गरेर र स्वतन्त्र रुपमा पनि अध्यक्ष, उपाध्यक्षसहित अन्य पदाधिकारीहरू सम्पूर्ण पत्रकारहरूको प्रत्यक्ष मत माग्न जुटिसकेका छन् ।

चैत २५ गते हुने यो निर्वाचन अहिलेसम्मकै सबैभन्दा ठूलो र लोकतान्त्रिक नेतृत्व चयनको बाटोमा अघि बढेको छ । 

तर, अधिकांश पत्रकार अझै पनि नेपाली सर्वसाधारण मतदाताझैं, आफ्नो राजनीतिक दलका प्रत्यासीलाई मतदान गर्ने वा आफूसँग कसले मत माग्छ उसलाई मत दिने सोचमा बसेका देखिन्छन् । 

यदी पत्रकारले आफ्नो संस्थालाई कस्तो प्रकारको नेतृत्व चाहिन्छ, कुन प्रत्यासी कस्ता चरित्रका हुन्, उनीमाथि कति भर पर्न सकिन्छ र नेपाली पत्रकारहरूको छाता संगठनको राष्ट्रिय र अन्तर्राष्ट्रिय व्यक्तित्व सपार्न कसलाई मतदान गर्नुपर्छ भन्ने सोच राखेनन् भने तिनले जनतालाई राज्यको नेतृत्व सही तवरले चुन्नका लागि कसैगरी पनि सक्षम बनाउन सक्दैनन् ।