मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ट्रेड युनियन काङ्ग्रेस अछामले गर्यो नया बर्षको शुभकामना आदानप्रदान कार्यक्रम

ट्रेड युनियन काङ्ग्रेस अछामले गर्यो नया बर्षको शुभकामना आदानप्रदान कार्यक्रम


अछाम : नेपाल ट्रेड युनियन काङ्ग्रेस अछामको आयोजनामा नवबर्ष २०७८ को शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ ।

ट्रेड युनियन काङ्ग्रेस अछामका अध्यक्ष चित्रराज बजगाइको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेस अछामका महासमिति सदस्य एवं पन्चदेवल बिनायक नगरपालिका नगर उपप्रमुख अम्बिका चलाउने रहेकी थिन।

महासमिती सदस्य चलाउनेले आउदै गरेको नयाँ बर्षको शुभकामना दिदै सबैको घरआगमा शुख शान्ति र समृद्धीको कामना गरेकी थिईन् ।
साथै उनले देश विकास र समाज परिर्वतनका क्षेत्रमा सबै क्रियाशिल हुन उनको आग्रह थियो । कांग्रेसबाट निर्वाचित जनप्रतिनिधीले जितेका स्थानिय तहमा राम्रो काम गुर्नपर्नेमा उनको जोड थियो ।

कार्यक्रममा विशिष्ट अतिथि पाटी उपसभापति नयाँराम बजगाइ रहेका थिए । कार्यक्रममा जिल्ला पाटी सचिव नमबहादुर शाही,भरत कुमाल,महाधिवेशन प्रतिनिधि पदमराज अधिकारी ,अन्जु मल्ल , पुर्व पाटी सचीव टेकबहादुर साउद ,काङ्ग्रेस अछामका सहसचिव एवं प्रबक्ता वेद प्रकाश तिमिल्सैना आउदै गरेको नयाँ बर्षको शुभकामना दिदै सबैको घरआगमा शुख शान्ति र समृद्धीको कामना गरेका थिए।

कार्यक्रममा जिल्ला समन्वय समिति अछामका उपप्रमुख टोपबहादुर रावल, कमलबजार नगरपालिका नगर प्रमुख ओमप्रकाश बिष्ट, उप प्रमुख भुमिशरण बजगाइ, ढकारि गाउँपालिका उपाध्यक्ष लक्ष्मी साउद, जिल्ला समन्वय समिति सदस्री सुरत बुड थापा, ट्रेड युनियन काङ्ग्रेस प्रदेश सदस्य टेकबहादुर शाह, मंगलसेन नगरपालिका नगर सभापति पुष्पराज भण्डारी, तरुण दल अछामका अध्यक्ष प्रकाश् साउद, महिला संघका सचीव पुर्णा शाह,नेपा शिक्षक संघका रुपानन्द उपाध्याय, नेपाल पत्रकार महासंघ अछामका सहसचिव नमराज भण्डारी लगायत नेपाली काङ्ग्रेसका नेता कार्यकर्ताहरुले एक आपसमा शुभकामना आदानप्रदान गरेका थिए । उपाध्यक्ष नृप केसिको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन उपेन्द्र साउदले गरेका थिए।