मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोभिसिल्डको दोस्रो डोज लगाउने तालिका सार्वजनिक

कोभिसिल्डको दोस्रो डोज लगाउने तालिका सार्वजनिक


काठमाडौं– सरकारले कोरोना भाइरसविरुद्धको कोभिसिल्ड खोपको दोस्रो डोज लगाउने तालिका सार्वजनिक गरेको छ।

गत माघ दोस्रो सातादेखि फागुन १० गतेसम्म पहिलो डोज लगाएकाहरुलाई दोस्रो डोज दिन लागिएको हो।

बागमती सरकार सामाजिक विकास मन्त्रालयले प्रकाशित गरेको सूचनाअनुसार वैशाख ७ देखि ११ गतेसम्म काठमाडौं उपत्यकाका १९ वटा खोप केन्द्रमा गएर कोभिसिल्डको दोस्रो डोज लगाउन सकिनेछ।

आफूलाई पायक पर्ने कुनै पनि स्थानमा गएर खोप लगाउन सकिने मन्त्रालयले जनाएको छ।