मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भीम रावलको कवितामार्फत नयाँ वर्षकाे शुभकामना– स्वेच्छाचारी, अत्याचारी सबको शीघ्र होओस् पतन

भीम रावलको कवितामार्फत नयाँ वर्षकाे शुभकामना– स्वेच्छाचारी, अत्याचारी सबको शीघ्र होओस् पतन


काठमाडौं । नेकपा (एमाले) का नेता भीम रावलले कवितामार्फत नयाँ वर्षको शुभकामना दिएका छन् । मंगलबार साँझ सामाजिक सञ्जाल ट्विटरमार्फत नेता नेता रावलले कविताबाट नयाँ वर्षको शुभकामना दिएका हुन् ।

उनले कवितामार्फत राष्ट्रिय एकता बलियो बनोस् भन्ने कामना गरेका छन् । नेता रावलले स्वेच्छारी, अत्याचारीको पतन होस् भन्ने पनि कामना गरेका छन् । उनले बालुवाटारमा विदेशी जासुस पुग्ने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा पनि जोड दिएका छन् ।

नेता रावलको कविता :

नौलौ वर्ष हर्ष बढोस्, कोही नहोउन् दुःखी यहाँ
स्वाधीनता, स्वाभिमान देशको सबै सबल बनोस् जहाँ,
स्वेच्छाचारी, अत्याचारी सबको शीघ्र होओस् पतन
देशभक्ति सर्वत्र ढकमक्क भइ यहाँ होस् सुशासन ।

नमिचियोस् सीमा देशको यो धरती मुस्कुराइ रहोस् 
हस्तक्षेप पराईको सबैका विनाश हुँदै जाओस्,
सूर्य–चन्द्र ध्वजा उठोस् सगरको माथि–माथि
विदेशी जासूस नपुगोस् कोही बालुवाटार राती ।

समृद्धि फैलियोस् समाजमा लालिमाझैं वसन्तको
पूरा हुँदै जाउन् सधैँ इच्छा, आशा अन्तरमनको,
जीवन सदा स्वस्थ्य रहोस्, कोरोना नष्ट भइ जाओस्
पंख फिजाइ खुशियाली सर्वत्र घर–घरमा पुगोस्