मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुपका सबै जिल्लामा महिलाले महासंघको नेतृत्व गर्ने दिन टाढा छैन् : सचिव शाही ।

सुपका सबै जिल्लामा महिलाले महासंघको नेतृत्व गर्ने दिन टाढा छैन् : सचिव शाही ।


अछाम ः नेपाली कांग्रेस अछामका जिल्ला सचिव नमबहादुर शाहीले कुनै पनि व्यक्तीले नेतृत्वमा आईसकेपछि पेशागत मर्यादा र यसको अस्तित्व जोगाउनलाई व्यक्तीगत स्वार्थलाई तिलाञ्जली गर्नुपर्ने बताएका छन् ।

नेपाल प्रेस युनियन अछामले ठुलासैनमा गरेको नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितीका पदाधिकारीलाई गरेको बधाई तथा सम्मान कार्यक्रममा प्रमुख अथितिको आसन बाट बोल्दै सचिव शाहीले संस्थाको गरिमालाई उच्च राखेर काम गर्न आग्रह गरेका थिए ।

एक अर्को प्रसंगमा बोल्दै सचिव शाहीले अधिकार भन्ने कुरा कसैका अपेक्षा बसेर मात्र प्राप्त नहुने भन्दै त्यसका लागि निरन्तर संघर्ष जारी राख्नुपर्नेमा जोड दिए ।

जसरी पत्रकारीता क्षेत्रमा तपाईहरु बिगत देखि क्रियाशिल हुनुहन्छ शाहीले भने त्यसरी नै महासंघमा पनि क्रियाशिल रहेमा भोलीका दिनमा निश्चित रुपमा सुपका सबै जिल्लामा महिलाले पत्रकारहरुको नेतृत्व गर्ने दिन आउनेछ ।

अहिले अत्तालिनु पर्ने अवस्था नरहेको भन्दै शाहीले सुन्दर भविष्य रहको भन्दै अघी बढ्न आग्रह गरे । साथै उनले नव बर्ष २०७८ ले देश विकासको गतिमा अघी बढोस् सबैमा सुख, शान्ति र समृद्धी होस् भन्ने कामना समेत गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समीतीका अध्यक्ष योगेश रावलले आफु अहिले धन्यवाद दिन मात्र सबै जिल्लामा पुगेको भन्दै अब आउने दिनमा क्रमबद्ध रुपमा योजना बनाएर अघी बढ्ने बताए ।

यस्तै प्रदेश उपाध्यक्ष योगेन्द्र बलाएर र महासचिव रामसिंह ठगुन्नाले समेत सोही अनुसार अघि बढ्ने प्रतिबद्धता जनाएका थिए ।
शुभकामना आदानप्रदान एवं बधाई तथा सम्मान कार्यक्रममा महासंघ अछामका अध्यक्ष खम्म खत्रीले प्रदेशले भौतीक संरचना नबनेका जिल्लालाई पहिलो प्राथमिक्तामा राखेर काम गर्नुपर्ने सुझाएका थिए ।

साथै उनले महासंघ अछाम अब पत्रकारका हक हित र क्षमता बृद्धि विकासमा क्रियाशिल हुने स्पष्ट पारे । यूनियन अछामका अध्यक्ष टंक प्रसाद रिमालको अध्यक्षतमा भएको कार्यक्रमको संचालन सचिव सुशिल भण्डारी र स्वागत मन्तव्य उपाध्यक्ष नमराज भण्डारीले गरेका थिए ।