मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चौबीस घण्टामा ५३४ संक्रमित थपिए, ५ जनाको मृत्यु

चौबीस घण्टामा ५३४ संक्रमित थपिए, ५ जनाको मृत्यु


काठमाडौं । पछिल्लो चौबीस घण्टामा ५३४ जना कोभिड १९ संक्रमित थपिएका छन् ।  ४ हजार १५२ वटा नमूनाको परीक्षण गरिएकोमा ५३४ जनाको नतिजा पोजेटिभ आएको हो । 

योसँगै नेपालमा कूल संक्रमितको संख्या २ लाख ८२ हजार ५४ पुगेको छ । 

त्यस्तै चौबीस घण्टामा १५७ जना संक्रमणमुक्त भएका छन् योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या २ लाख ७४ हजार ६०४ पुगेको छ । 

त्यस्तै पछिल्लो चौबीस घण्टामा कोभिड १९ का कारण ५ जनाको मृत्यु भएको छ ।  योसँगै नेपालमा कोभिड १९ का कारण मृत्यु हुनेको संख्या ३ हजार ६६ पुगेको छ ।