अछाम । अछाम बहुमुखी क्याम्पसमा भुतपूर्व बिद्यार्थी समाज गठन भएको छ । पूर्व बिद्यार्थीहरुको एक भेलाले लिलाराज केसीको अध्यक्षमा समाज गठन भएको हो ।
समाजको उपाध्यक्षमा लोकराज भण्डारी, महासचिवमा पहल सिंह बोगटी, सचिवमा ईश्वर रावल लगायतका सदस्य रहेका छन् ।
बिद्यार्थीका हक हित र क्याम्पसको सम्रग सुधार र विकासका पक्षमा वकालत गर्न भुतपूर्व बिद्यार्थी समाजको गठन गरिएको सचिव ईश्वर रावलले बताए ।
अछाम बहुमुखी क्याम्पस संचालक समितीका अध्यक्ष पदमबोहराको प्रमुख आथित्यता र ललित केसीको अध्यक्षतामा भएको कार्यक्रमले समाजको समिती गठन गरेको हो ।
लोकराज भण्डारीको स्वागतबाट सुरु भएको कार्यक्रमको संचालन सिद्दराज ढुंगानाले गरेका थिए।
साथै भेलाले यज्ञबहादुर बोगटीको संयोजकत्वमा सल्लाहकार समिति समेत गठन गरेको छ।
प्रतिक्रिया