मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुरक्षित गर्भपतन सेवा बारे ज्ञान छैन ग्रामीण भेगका महिलालाई

सुरक्षित गर्भपतन सेवा बारे ज्ञान छैन ग्रामीण भेगका महिलालाई


फोटो : देबिस्थानका महिलाहरु

अछाम : घरको आँगनमा बालबालिकाहरु घरी यता घरी दौडिदै खेलिरहेका थिए । चार जना महिला उभिएर कुराकानी गर्दे थिए । म उनीहरुको नजिकै पुगे । उनीहरुका बिचमा पाकेको गहुँ काट्ने बिषयमा आलोपालो गर्ने कुरा हुदै थियो । कुरा गर्दे गरेका महिलाहरु मलाई देखेर चुप लागे । दुई जना महिलाले काखमा बच्चालाई समातेका थिए । मलाई देखेर चारै जना मुसुक्क हाँसे । मैले पनी हाँसेर जवाफ दिए ।

बच्चा समातेकी महिला त्यहि उभिएकी थिईन् । दुई जना महिला आफ्नो बाटो लागीन् । भलाकुसारी पछि मैले सोधे ‘तम्लाई सुरक्षित गर्भपतन सेवाको बारेमा था छ के ? मुसुक्क हाँस्दै एक जना महिलाले, यो भन्याको क्या हो भनेर प्रति प्रश्न गरिन् । उनीसगै नजिकै बसेकी अर्की महिलालाई सोधे तम्लाई था छ के ? उनले पनी हाँस्दै जवाफ दिईन् आजै सुन्या मुईले त यसो कुडा । क्या भनु केई रायाकी नाई मुईले ।’ यो जवाफ साँफेबगर नगरपालिका ११ देबिस्थानकी कला वड र ललिता बाब्लीको थियो । कलाका २ र ललिताका ४ छोरी छन् । दुबै जनाका श्रीमान् रोजगारीको सिलसिलामा भारतमा छन् ।

छोराको रहर उनीसगै उनको परिवारलाई पनी छ । मैले छोरो चाहिदैन तम्लाई भन्दै गर्दा ललिताले भनिन्,‘छोरो नभई त हुदैन,चार छोर्याट्टी छन्, कान्छी हुन्या नान्कै छे,एक बच्चा त फाल्या । दुख जति त बैकिनी (महिला)लाई छन्,हाम्रा दुख कोई बुझ्दैनान् । निजि मेडिकलबाट औषधी खाएर गर्भपतन गराएको उनले बताईन् । साँफेबगर नगरपालिका वडा नम्बर १० घुघुरकोटकी गंगा महतालाई पनी यसबारेमा कुनै जानकारी नभएको बताईन् । उनले भनिन्,‘परिवार नियोजनका बिषयमा सुनेको छु,यो सुरक्षित गर्भपतनको बारेमा आज पहिलो पटक सुने ।

कला,ललिता र गंगा मात्र नभएर अधिकाश ग्रामीण भेगका महिलाहरु सुरक्षित गर्भपतनबारे अनबिज्ञ रहेका छन् । सुरक्षित गर्भपतन सेवा, असुरक्षित गर्भपतन गर्दा आइपर्ने समस्या र जटिलता, गर्भपतनबारे नयाँ कानूनी व्यवस्था लगायतका विषयमा गाउँगाउँमा जनचेतना फैलाउने काम प्रभावकारी रुपमा नभएको देबिस्थानका स्वास्थ चौकीका ईन्चार्ज हिमालय जोशीले बताए । उनले भने, ‘दुर्गमका महिलाहरुलाई यो बारेमा जानकारी नै छैन ।

भौतिक संरचनाको अभावमा प्रभावकारी स्वास्थ सेवा प्रदान गर्न सकिरहेका छैनौ,अहिले प्रदेश सरकारको सहयोगमा भवन बन्दै छ,भवन बनेपछि सुरक्षित गर्भपतन सेवा पनी सुचारु गर्ने योजना बनाएका छौ ।’ जिल्लाका ग्रामीण भेगमा रहेका समुदाय र विद्यालयमा अध्ययनरत किशोरकिशोरीसँग यौन तथा प्रजनन स्वास्थ्य र सुरक्षित गर्भपतन सेवाका बारेमा छलफल गरी असुरक्षित गर्भपतनले हुन जाने खतराका बारेमा सचेतता गराउने कार्य हुन जरुरी रहेको उनी बताउछन् ।

स्वास्थ कार्यालय अछामका प्रमुख झनक ढुंगानाका अनुसार अछामका यति प्रतिशतलाई थाह छ वा छैन भन्ने अवस्था नभएको बताए । सुरक्षित गर्भपतन सेवाबारे गाउँँगाउँमा जनचेतना र जानकारी गराउने काम नभएको उनी स्वीकार गर्छन् । उनले भने,‘यो बिषयमा सर्बे गरेका छैनौ,१५ स्वास्थ संस्थाबाट सेवा दिईरहेका छौ,केहि संस्थामा स्वास्थकर्मी नहुदा बन्द छ,यो बिषयमा जनचेतना जगाउने र जानकारी दिनको लागी स्वास्थ कार्यालयसंग छुट्टै कार्यक्रम छैन,यो बिषयमा आईपासले काम गरिरहेको छ ।’

महिलाको मन्जुरीमा कानुनले मान्यता दिए अनुसार सूचीकृत स्वास्थ्यकर्मी वा नर्सद्वारा सूचीकृत स्वास्थ्य संस्थामा गरिने गर्भपतनलाई सुरक्षित गर्भपतन भनिन्छ । तर सर्वसुलभ सेवा र सही जानकारी नहुँदा महिलाहरु ज्यानै जोखिममा पारेर असुरक्षित गर्भपतन गराउन बाध्य छन्। कानूनी रुपमा सुरक्षित गर्भपतन सुरु भएको १८ वर्ष पुगिसकेको छ । २०५९ साल असोज १० गते गर्भपतनले कानूनी मान्यता पाएको थियो । नेपाल डेमोक्रयाटीक हेल्थ सर्बे (सन् २०१६ )का अनुसार नेपालका ५९ प्रतिशत महिलाहलाई नेपालमा विशेष अवस्थामा गर्भपतन गराउन पाइने कानूनी व्यवस्था भएपनि यसबारे थाहा नै छैन ।

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनले परिच्छेद ४ मा सुरक्षित गर्भपतन सम्बन्धी विभिन्न व्यवस्था गरेको छ। गर्भवती महिलाको मञ्जुरीले १२ हप्तासम्मको गर्भपतन गराउन पाउँछन्। यो ऐनले २८ हप्तासम्मको गर्भ पनि गर्भपतन गराउन पाउने व्यवस्था गरेको छ। यी विशेष अवस्थामा मात्र २८ हप्तासम्मको गर्भलाई गर्भपतन गराउन ऐनले स्वीकृति दिएको छ