मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पछिल्लो २४ घण्टामा २४२८ काेराेना संक्रमित थपिए, पाँच जनाकाे मृत्यु

पछिल्लो २४ घण्टामा २४२८ काेराेना संक्रमित थपिए, पाँच जनाकाे मृत्यु


काठमाडौँ । पछिल्लो २४ घण्टामा २ हजार ४२८ जना कोभिड–१९ संक्रमित थपिएका छन् । १० हजार ४४८ वटा नमुनाको परीक्षण गरिएकोमा गर्दा २ हजार ४२८ जनाको नतिजा पोजेटिभ आएको हो । योसँगै नेपालमा कोभिड–१९ संक्रमितको संख्या १ लाख ९२ हजार १५२ पुगेको छ । 

पछिल्लो २४ घण्टामा २५२ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या २ लाख ७६ हजार ३४५ पुगेको छ । 

त्यस्तै पछिल्लो २४ घण्टामा ५ जना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड १९ का कारण ज्यान गुमाउनेको संख्या ३ हजार ११७ पुगेको छ । हाल आइसोलेसनमा १२ हजार ६९० जना र क्वारेन्टिनमा ८१ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्तालयले जनाएको छ ।