मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ईश्वर पोखरेलपछिको वरीयतामा ‘बादल’

ईश्वर पोखरेलपछिको वरीयतामा ‘बादल’


काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले खनाल–नेपाल समूहलाई बाहिर राखेर स्थायी कमिटी गठन गरेका छन् । आज बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले स्थायी कमिटी गठन गरेको हो ।

स्थायी कमिटीमा रामबहादुर थापा ‘बादल’लाई महासचिव ईश्वर पोखरेलपछिको वरीयतामा राखिएको छ । स्थायी कमिटीमा ओली, वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा, विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, लेखराज भट्ट, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, विष्णु रिमाल, छविलाल विश्वकर्मा, पृथ्वीसुब्बा गुरुङ, रघुवीर महासेठ, केशव बडाल, मणि थापा र पुष्पराज कँडेल सदस्य रहेका छन् ।