मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शनिबार कुन जिल्लामा कति संक्रमित भेटिए ?

शनिबार कुन जिल्लामा कति संक्रमित भेटिए ?


काठमाडौं – नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ९७ हजार ७८ पुगेको छ। गत २४ घण्टामा २ हजार ६ सय १९ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १६ हजार ८ सय २८ जना सक्रिय संक्रमित छन्।

प्रदेश १ को इलाममा १, उदयपुरमा १, खोटाङमा २, झापामा २, पाँचथरमा १, भोजपुरमा १, मोरङमा ३९, संखुवासभामा ८ र सुनसरीमा १९ जनामा कोरोना भेटिएको छ। प्रदेश २ को धनुषामा ८, पर्सा ६८, बारामा १८, महोत्तरीमा ४, रौतहटमा २५, सप्तरीमा ३ र सर्लाहीमा २ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ६४४ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेपलाञ्चोकमा ७, चितवनमा १२३, धादिङमा २२, नुवाकोटमा ७, भक्तपुरमा ८७, मकवानपुरमा २८, रसुवामा ५, रामेछापमा १, ललितपुरमा १४१ र सिन्धुलीमा २ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ। 

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ३९, गोरखामा ९, तनहुँमा ८, नवलपरासी पूर्वमा २६, पर्वतमा ५, म्याग्दीमा २, बागलुङमा ९ र स्याङजामा ५ जनामा कोरोना पुष्टि भएको छ। 

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ४, कपिलवस्तुमा ४३, गुल्मीमा ११, दाङमा १७२, नवलपरासीमा १४, पाल्पामा १३, प्युठानमा ३, बर्दियामा ३५, बाँकेमा ३५२, रुकुम पूर्वमा ४, रुपन्देहीमा २६८ र रोल्पामा २ जनामा कोरोना पाइएको छ। 

गत २४ घण्टामा कर्णाली प्रदेशको कालिकोटमा ३, जाजरकोटमा ३, जुम्लामा १, दैलेखमा ३, रुकुम पश्चिममा २, सल्यानमा १०, सुर्खेतमा २३ र हुम्लामा १ जनामा कोरोना भेटिएको छ। 

सुदूरपश्चिम प्रदेशको अछाममा १, कञ्चनपुरमा २८, कैलालीमा ८१, डडेल्धुरामा ६, डोटीमा १३, दार्चुलामा १, बझाङमा १ र बैतडीमा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।