धनगढीः नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले १ करोड रुपैयाँको बराबरको अक्षय कोष स्थापना गर्ने भएको छ।
शनिबार धनगढीमा आयोजित नवनिर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रमका बीच अक्षय कोष स्थापना गर्ने घोषणा गरिएको हो।
नवनिर्वाचित अध्यक्ष योगेश रावलले पदस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै एक वर्षभित्रै पत्रकारको स्वास्थ्य सुरक्षाको लागि १ करोड रुपैयाँको कल्याण कोष स्थापना गर्ने घोषणा गरेका हुन्।
अध्यक्ष रावलले सो कोषमा व्यक्तिगत रुपमा १ लाख रुपैयाँ जम्मा गर्ने बताएका छन्।
पदस्थापन कार्यक्रम सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहको प्रमुख अतिथ्यमा भएको थियो।
महासंघको निर्वाचन चैत २५ गते भएको थियो।
प्रतिक्रिया