मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दिल्लीमा २४ घण्टामा ३५७ कोरोना संक्रमितको मृत्यु

दिल्लीमा २४ घण्टामा ३५७ कोरोना संक्रमितको मृत्यु


काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा २४ घण्टामा ३५७ कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधीमा २४ हजार १०३ संक्रमित थपिएका बीबीसी हिन्दीले जनाएको छ । 

चौबीस घण्टामा दिल्लीमा २२ हजार ६९५ संक्रमित निको भएको तथ्यांक छ । दिल्लीमा हालसम्म १३ हजार ८९८ कोरोना संक्रमितको मृत्यु भइसकेको छ । 

पछिल्लो २४ घण्टामा भारतमा ३ लाख ४६ हजार ७८६ जनामा कोरोना संक्रमण भएको तथ्यांक छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार सोही अवधीमा २ हजार ६२४ कोरोना संक्रमितको मृत्यु भएको छ । 

भारतमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ लाख ८९ हजार ५४४ पुगेको छ । कोरोना संक्रमितको संख्या १ करोड ६६ लाख १० हजार ४८१ पुगेको तथ्यांक छ ।