मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिसिएमसीद्वारा सबै तहको परीक्षाहरु स्थगन गर्न सिफारिस

सिसिएमसीद्वारा सबै तहको परीक्षाहरु स्थगन गर्न सिफारिस


काठमाडौं- काेराेना संक्रमण फैलिँदै गएपछि सरकारले सबै तहकाे परीक्षा स्थगन गर्न सिफारिस गरेकाे छ। आइतबार बसेकाे कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को बैठकले सबै तहको परीक्षाहरु स्थगन गर्न सरकारलाइ सिफारिस गरेको हाे।

भौतिक रुपमा उपस्थित भएर सञ्चालन गरिने परीक्षाहरु अर्को सूचना नआउञ्जेलसम्मका लागि स्थगन गरिएको बैठक स्रोतले जानकारी दिएको छ।

त्यस्तै, मुख्य सहरमा पाँच सय र ग्रामिण इलाकामा दुई सय सक्रिय संक्रमित नाघेपछि निषेधाज्ञा गर्ने अधिकार सीडीओलाई दिइएको छ।