काठमाडौँ । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै वाग्मती प्रदेशमा २ हजार ४३६ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । जसमध्ये सबैभन्दा धेरै काठमाडौँमा १ हजार ५६७ जना छन् ।
त्यस्तै प्रदेश १ मा २२५ जना, प्रदेश २ मा १३० जना, गण्डकीमा ५२ जना लुम्बिनीमा ४९० जना र सुदूरपश्चिम प्रदेशमा १०९ जना संक्रमित थपिएका हुन् ।
कर्णाली प्रदेशमा भने पछिल्लो २४ घण्टामा संक्रमितको संख्या शून्य छ ।
प्रतिक्रिया