मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य संकटकाल घोषणा गर्न नेपाल चिकित्सक संघको सुझाव

स्वास्थ्य संकटकाल घोषणा गर्न नेपाल चिकित्सक संघको सुझाव


काठमाडौं । नेपाल चिकित्सक संघले कोभिड १९ बाट अति प्रभावित जिल्लाहरुमा स्वास्थ्य संकटकाल घोषणा गर्न सरकारसँग माग गरेको छ । 

संघले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै अस्पतालहरुमा सघन उपचार शैया, औषधि र अक्सिजनको अभावका कारण मृत्यु हुनेहरूको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको, बालबालिका तथा युवा अवस्थाका नागरिकहरुसमेत बढी संक्रमित भइरहेको परिस्थितिप्रति संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

विज्ञप्तिमा संक्रमण नियन्त्रणका लागि सरकार, स्वास्थ्यकर्मी र सर्वसाधारणलाई सावधानी अपनाउन अपिल गरिएको छ । त्यस्तै संघले कोभिड नियन्त्रणका लागि सरकार स्वास्थ्यकर्मी र सर्वसाधारणलाई छुट्टाछुट्टै सुझाव दिएको छ । 

सरकारलाई संघको सुझाव 

१) नेपालमा पनि सेकेण्ड वेभ आईसकेर कोभिडको नयाँ भेरियन्ट प्रमाणित समेत भई धेरै नागरिकहरुले मृत्युवरण गर्नु परिरहेको परिस्थितिलाई गम्भीर रुपमा लिँदै दिन प्रतिदिन संक्रमितको संख्या बढ्दै गएको, स्वास्थ्यकर्मी तथा चिकित्सकहरु नै संक्रमित भएको तथा अस्पतालका बेडहरु समेत कोभिड –१९ का कारण बिरामीहरुले भरिएकाले नेपाल सरकारले अविलम्ब बढी संक्रमित भएका जिल्लाहरुमा स्वास्थ्य संकटकाल घोषणा गरि बन्दाबन्दी गर्दै नागरिकहरुको स्वास्थ्य उपचारलाई सहज बनाउनुपर्ने । 

२) सरकारी अस्पताल, मेडिकल कलेज तथा निजी अस्पतालहरुसँग समन्वय गरि इलेक्टिभ सर्जरी तथा नियमित स्वास्थ्य परीक्षणलाई बन्द गर्दै कोरोना संक्रमितको उपचारमा अस्पतालका वार्डलाई प्रयोग गर्नपर्ने साथै अस्पतालमा बेड अक्सिजन र एचडीयूको संख्या तुरुन्त थप गर्नुपर्ने । 

३) कोभिड अस्पताल घोषणा गरि संक्रमितहरुलाई छट्टै उपचार गर्न पर्ने । 

४) स्वास्थ्य संस्थालाई भौतिक तथा प्राविधिक रुपमा सबल र सक्षम बनाउनु पर्ने साथै   कोभिड–१९ को उपचारमा प्रयोग हुने सामग्रीहरुको सहज उपलब्धता गराउनु पर्ने । 

५) कोभिडमा काम गरेका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको स्वास्थ्यको जिम्मा नेपाल सरकारले लिने र घोषणा गरिएको जोखिम भत्ता तथा बिमालाई प्रभावकारी रुपमा लागू गरिनु पर्ने । 

६) सार्वजनिक स्थानहरुमा स्वास्थ्यका मापदण्डको पालनालाई कडाईका साथ लागू गर्नु पर्ने र भीडभाड हुने स्थान र जोखिमयुक्त क्षेत्रहरु बन्द गर्नु पर्ने । 

७) फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी एवम चिकित्सकहरु कोभिडविरुद्धको खोपबाट अझै पनि बन्चित रहेको हुँदा खोप यथाशिघ्र उपलब्ध गराउनुपर्ने ।

८.चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको दरबन्दी न्यून भएको हुनाले सो दरबन्दी तुरुन्त थप गर्नुपर्ने र चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई आवश्यक पर्ने पीपीई र कोभिड १९  सम्बन्धि तालिम दिनु पर्ने । 

९) कोभिड–१९ को दोस्रो वेब समुदायमा पनि फैलिसकेको हुनाले पोजेटिभ देखिएका केसहरुका कन्ट्याक्ट ट्रेसिङ गरि टेस्टको दायरा बढाउनु पर्ने र हटस्पट भएको ठाँउहरुमा फ्री आरटी पीसीआर गरि पोजेटिभ देखिएका केसहरुलाई आइसोलेसनको उचित व्यवस्था मिलाउनु पर्ने ।

१०) कोभिड १९ आइसकेपछि सुरु गरिएका स्वास्थ्यका कार्यक्रम तथा योजनाहरु यथाशिघ्र
कार्यान्वयन गर्नुपर्ने । 

११) दीर्घ रोगका उपचारमा रहेका बिरामीहरुको सहज उपचारका लागि छुट्टै उपचारको व्यवस्था गर्नुपर्ने ।
सर्वसाधारणका लागि
 १) बाहिर निस्कँदा मास्कको प्रयोग गर्ने ,साबुन पानी वा सेनिटाइजरले हात धुने र बालबालिकाहरु तथा परिवारका अन्य सदस्यहरुलाई पनि मास्कको उचित प्रयोग गर्न लगाउने ।

२) भीडभाड नगर्ने तथा भिडभाड भएको स्थानमा नजाने, भोज भतेर तथा पार्टीहरुमा नेपाल सरकारको मापदण्डलाई पूर्ण रुपमा पालना गर्ने । 

३) आफ्नो पालो अनुसार कोभिड–१९ का विरुद्ध भ्याक्सिन लिने र सुरक्षाका उपायहरु नयमित रुपमा प्रयोग गर्ने । 
४) कोभिड–१९ बाट संक्रमित व्यक्तिको सर्पकमा आएको अवस्थामा सतर्कता अपनाईआइशोलेसनमा वस्ने
 ५) ज्वरो, रुघाखोकी अथवा सास फेर्न कठिनाई भएको अवस्थामा तुरुन्त कोभिडको परीक्षण गराई उपयुक्त उपचार गर्ने गराउने ।

चिकित्सक तथा स्वास्थ्यकर्मीहरुका लागि 
१) स्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा अपनाएर , सुरक्षाका सामग्रीहरु सहि ढंगबाट प्रयोग गरी आफु सुरक्षित रही आ–आफ्नो कार्यक्षेत्रमा जिम्मेवारीका साथ काम गर्न गराउनु पर्ने । 
२) चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले कोभिड भेरियन्टको बारेमा आम नागरिकलाई सुसूचित गराउनका लागि आ आफ्नो ठाउँबाट आवश्यक पहल गर्ने –