मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चौबीस घण्टामा १२ जनाको मृत्यु, ३४४२ जनामा कोरोना संक्रमण

चौबीस घण्टामा १२ जनाको मृत्यु, ३४४२ जनामा कोरोना संक्रमण


काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधीमा तीन हजार ४४२ जनामा कोरोना संक्रमण भएको छ । 

तथ्यांक अनुसार नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या तीन हजार १७६ पुगेको छ । संक्रमितको संख्या तीन लाख तीन हजार ५६१ पुगेको छ ।

मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या २२ हजार ४३४ रहेको छ । 

चौबीस घण्टामा ३७८ जना निको भएका छन् । हालसम्म नेपालमा दुई लाख ७७ हजार ९५१ कोरोना संक्रमित निको भइसकेका छन् । 

हाल आइसोलेसनमा २२ हजार ४३४ छन् भने ६५ जना क्वारिन्टमा छन् । 

कोरोना संक्रमणको दर फैलिने क्रम बढेपछि काठमाडौं उपत्यकासहित ५०० भन्दा धेरै सक्रिय संक्रमित रहेका जिल्लामा निषेधाज्ञाको तयारी सम्बन्धित जिल्लाहरुले गरिहेका छन् । केही जिल्ला तथा नगरपालिकाहरुले निषेधाज्ञा गरिसकेका छन् ।