मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामका पालिका प्रमुखको एक स्वर : प्रदेश सरकार कमिसनमा योजना दिन्छ

अछामका पालिका प्रमुखको एक स्वर : प्रदेश सरकार कमिसनमा योजना दिन्छ

माछापालका नाममा बजेट आयो, डोजरले पोखरी खन्यो न त्यहाँ पानी खास्यो न माछाका भुरा खसे’


माछापालका नाममा बजेट आयो, डोजरले पोखरी खन्यो न त्यहाँ पानी खास्यो न माछाका भुरा खसे’

  • रमेश रावत, अछाम :

अछाम जिल्लाका पालिका प्रमुखहरुले प्रदेश सरकार कमिसनमा चलेको आरोप लगाएका छन । प्रदेश सरकारबाट आउने योजना आर्थिक लनदेनमा मात्र आउने गरेको आरोप लगाएका हुन ।

जिल्ला सदरमुकाम मंगलसैनमा भएको एक कार्यक्रममा जिल्लाका अधिकांस पालिका प्रमुखहरुले कमिसनको भरमा योजना आउनु दुखद भएको बताएका हुन । प्रदेश सरकारको अर्थ विकास तथा प्राकृतिक स्रोत समितिको आयोजनामा भएको ‘पूर्व बजेट सुझाव संकलन’ कार्यक्रममा सहभागी स्थानिय तहका प्रमुख,उप प्रमुख तथा अध्यक्ष उपाध्यक्षहरुले प्रदेश सरकारले संविधानको मर्म अनुरुप काम गर्न नसकेको आरोप लगाएका हुन ।

कार्यक्रममा बोल्दै मंगलसैन नगरपालिकाका नगर प्रमुख पदम बोहराले भने ‘प्रदेश सरकारले जनसम्पर्क टुटाउने काम गर्यो, प्रदेशका योजनाहरु कमिसनको भरमा आउछन । गाँउमा प्रदेशबाट आएका योजनाका उपभोक्ता समितिले हामीलाई मेयर मान्दैनन्’ उनले भने ‘टेबुल मुनिबाट पैसा लिने र माथिबाट योजना दिने काम बन्द गर्नुस’ ।

प्रदेश सरकारको अर्थ विकास तथा प्राकृतिक स्रोत समितिका संयोजक माननिय हर्क बहादुर कुँवर सहित सुझाव लिन आएका ७ जना प्रदेश सभा सदस्यहरुसंग तुर्माखाँद गाँउपालिकाका अध्यक्ष पुस्पराज शर्माले कमिसनकै कारण अनावश्यक ठाँउमा बजेट आउने गरेको गुनासो गरे ।उनले भने ‘मेरो पालिकामा १० लाख खर्च गर्न नमिल्ने ठाँउमा २० लाख आयो फेरी त्यसैमा थपेर यो बर्ष २० लाख थप बजेट आयो, यसरी १० लाख पनी नचाहिने ठाँउमा ४० लाख पैसा कसरी आयो’ ।

पञ्चदेवल विनायक नगरपालिकाकी उपप्रमुख अम्बिका चलाउनेले प्रदेश सरकारको योजनाका उपभोक्ता समिति र गाँउका खास उपभोक्ताका विचमा बेलाबेलामा झगडा हुनेगरेको बताईन । उनले भनिन् ‘योजना आउछन , डोजर घुमाउछन, जान्छन । त्यसको अनुगमन गर्ने कस्ले हो ? ’ । ‘ट्राउट माछापालका नाममा बजेट आयो ।

डोजरले पोखरी खन्यो न त्यहाँ पानी खास्यो न माछाका भुरा खसे’ मेल्लेख गाँउपालिकाका उपाध्यक्ष धन बहादुर शाहले भने ‘त्यो योजनाको भुक्तानि कसरी भयो’ । साँफेबगर नगरपालिकाका प्रमुख कुल बहादुर कुँवरले प्रदेश सरकारको बजेको सिमा साँघुरो भएको बताए ।

बान्निगढी गाँउपालिकाका अध्यक्ष राजेन्द्र खड्काले आफ्नो पालिकामा पानि नै नभएको र कुनै पनी जोखिम नभएको ठाँउमा तटबन्धन गरेको भन्दै प्रदश सभा सदस्यहरुलाई अनुगमन गरेर जान सुझाए । अछाम जिल्लामा सुदुर पश्चिम प्रदेशबाट विनियोजित बजेट बालुवामा पानी जस्तै बनेको छ ।

जिल्लामा आएका योजनाहरु बस्ति स्तरबाट नभई पहँुच र कमिसनको भरमा आउने गरेको नागरीकको गुनासो छ । कार्यक्रमा प्रदेश सभा सदस्यहरु हर्क बहादुर कुँवर, भरत खड्का, अक्कल रावल, पुर्णा जोशी, बल बहादुर सोडारी,दुर्गा वि.क. र अम्बिकुमारी थापाको सहभागिता रहेको थियो ।