मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यी हुन् २०० भन्दा बढी संक्रमित रहेका १५ जिल्ला, १० जिल्लामा ५०० नाघ्यो

यी हुन् २०० भन्दा बढी संक्रमित रहेका १५ जिल्ला, १० जिल्लामा ५०० नाघ्यो


काठमाडौं- अहिले देशभर कोरोना संक्रमण तीव्र गतिमा बढिरहेको छ। कोरोनाको दोस्रो लहरका क्रममा अहिले तराई-पहाडका केही जिल्ला र उपत्यकाका तीन जिल्ला धेरै प्रभावित भएका छन्।

संक्रमणदर तीव्र रूपमा बढ्दै गएपछि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २०० भन्दा धेरै संक्रमित भएका पहाडी जिल्ला र ५०० माथि संक्रमित भएका तराईका जिल्लाहरूमा निषेधाज्ञा जारी गर्नसक्ने निर्णय गरेको छ।

हालसम्म १५ जिल्लामा २०० भन्दा माथि संक्रमित पुगेका छन्। त्यस्तै ५०० भन्दा माथि संक्रमित रहेका जिल्लाको संख्या १० पुगेको छ। प्रत्येक दिन संक्रमित संख्याको ग्राफ उकालो लागिरहेको छ। 

सरकारले उपत्यकाका जिल्लाहरूमा वैशाख १६ गते बिहानदेखि लागू हुने गरी १५ दिनका लागि निषेधाज्ञा जारी गरिसकेको छ। 

उपत्यकाका तीन जिल्लामामात्रै अहिले १० हजार २०१ जना सक्रिय संक्रमित रहेका छन्। सबैभन्दा धेरै संक्रमित काठमाडौं रहेका छन्। काठमाडौंमा सात हजार ९६६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ।

काठमाडौंपछि बाँकेमा धेरै संक्रमित रहेका छन्। बाँकेमा सक्रिय संक्रमितको संख्या दुई हजार ५८८  छ। ललितपुरमा र भक्तपुरमा पनि यस्तो संख्या दैनिकरूपमा बढिरहेको छ।

हाल देशभर २२ हजार ४३४ जना सक्रिय संक्रमित रहेका छन्।  कोरोना संक्रमणका कारण नेपालमा हालसम्म तीन हजार १७६ जना ले ज्यान गुमाइसकेका छन्।