मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा भेण्टिलेटर र आईसियू उपकरण ४ महिना सम्म पनि संचालनमा आएनन्

अछाममा भेण्टिलेटर र आईसियू उपकरण ४ महिना सम्म पनि संचालनमा आएनन्


अछाम : भेण्टिलेटर र आईसियूका लागि अछाम जिल्लामा आएका उपकरण ४ महिना देखि थन्किएका छन् । जिल्ला अस्पताल अछाममा आएका ति उपकरण दक्ष जनशक्तीको अभावमा संचालन हुन नसकी थन्किएका हुन् ।

सरकारले जिल्ला अस्पताललाई कोभिड अस्पतालका रुपमा सञ्चालन गरेपनी अस्पतालमा गम्भिर खालका बिरामीका लागि गरिनुपर्ने उचित श्रोत साधन नहुदाँ उपचार नभएर अन्यन्त्र रिफर गरिनुपर्ने बाध्यता कायमै रहेको जिल्ला अस्पताल अछामले जनाएको छ ।

गम्भीर प्रकृतीका कोरोना संक्रमीतलाई राखेर उपचार गर्नुपर्ने भेण्टिलेटर र आईसीयु सञ्चालका लागि ल्याइएका उपकरण संचालन गर्ने दक्ष जनशक्ती नहुदाँ बिरामीलाई धनगढी नेपालगञ्ज रेफर गर्नुपर्ने अवस्था रहेको जिल्ला अस्पताल अछामका निमित्त प्रमुख डाक्टर अतुल भारद्धाजले बताए ।

भेन्टिलेर र आईसीयु सञ्चालका लागि उकरण पठाए पनी सञ्चालनको लागि आवश्यक जनशक्ती नपठाउँदा ४ महिना देखि उकरण थन्किएका उनको भनाई छ । भेन्टिलेर र आईसीयु सञ्चालका लागि छुटै बिशेषज्ञ, ल्याब सहित दक्ष जनशक्ती चाहिन्छ डा. भारद्धाजले भने त्यसो हुन नसक्दा हाल अछाममा गम्भीर खालका कोरोनाका बिरामीलाई भेन्टिलेटर र आईसीयुमा राखेर उपचार गर्न सकिएको छैन् ।

जिल्लामा हाल आवश्यक मात्रामा चाहीने अक्सीजनको समेत अभाव रहेको उनले बताए । हाल अछाम जिल्लामा ४१ जना कोरोनाका सक्रीय संक्रमित रहेका स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।

अछामका प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्लले भने जिल्लामा सञ्चालनका लागि ल्याईएका भेन्टिलेर र आईसीयुमा उपकरण सञ्चालनका लागि पहल गरिने बताउछँन् ।

अछाम जिल्लामा कोरोनाका मात्रै नभई अन्य प्रकृतिका भेन्टिलेर र आईसीयुमा राखेर उपचार गर्नु पर्ने बिरामी समेतलाई कैलाली सहित अन्य भेन्टिलेर र आईसीयु भएका अस्पताल रिफर गर्नुपर्ने अवस्था रहेको छ । अछाम सहित सुदूर पहाडका अन्य जिल्लामा समेत यस्तै समस्या रहेको छ ।