मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सामुदायिक विद्यालयमा शुद्ध खानेपानीको पहुँच सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

सामुदायिक विद्यालयमा शुद्ध खानेपानीको पहुँच सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न


अछाम : सामुदायिक विद्यालयमा शुद्ध खानेपानीको पहुँच सम्बन्धि अन्तरक्रिया कार्यक्रम सोमबार साँफेबगरमा सम्पन्न भएको छ । छ । खप्तड स्मार्ट कम्पनीको आयोजना र एड्भान्स कार्बन असेट म्यानेजमेन्ट कम्पनी लिमिटेडको सहयोगमा अन्तरक्रिया कार्यक्रमको आयोजना भएको थियो ।

कार्यक्रमको बारेमा जानकारी दिदै खप्तड स्मार्ट कम्पनिका संचालक एकेन्द्र कुँवरले एड्भान्स कार्बन असेट म्यानेजमेन्ट कम्पनी लिमिटेडको सहयोगमा अछामका ३ सयभन्दा बढी बिद्यालयमा पानी शुद्धीकरण गर्न उपकरण वितरण गरिने वारेमा जानकारी गराए। उनले एड्भान्स कार्बन असेट म्यानेजमेन्ट कम्पनी लिमिटेडको अविकसित देशहरूका लागि शुद्ध खानेपानिको पहुँच पुर्याउने लक्ष्य अनुरुप अछाममा पहिलो चरणमा तीन सय भन्दा बढी विद्यालयमा पानी शुद्धीकरण गर्न उपकरण जडान हुने बताए ।

त्यसैको लागि सरोकारवाला सङ्ग पहिलो चरणमा छलफल गरिएको उनको भनाई रहेको छ । उनले सरोकारवालाले दिएको सुझाव सल्लाह अनुसार कम्पनीले पानी शुद्धीकरण गर्न उपकरण निशुल्क वितरण गर्ने वताए । पानी शुद्धीकरण गर्न उपकरणले कार्बन उत्सर्जनमा कटौती तथा बिद्यार्थीको शुद्ध खानेपानीमा पहुँच पुग्ने खप्तड स्मार्ट कम्पनीका कार्यक्रम संयोजक प्रभात बस्नेतको भनाई रहेको छ ।

उनले पहिलो चरणमा जिल्लाका तीन सय बढी विद्यालयमा उपकरण जोडिने त्यसपछि जिल्लाका सबै विद्यालयमा जडान गर्ने लक्ष्य रहेको जानकारी दिए । एक विद्यालयमा पानी शुद्धीकरण गर्न उपकरण जोड्नको लागि कम्तिमा ८० हजार लाग्ने उनको भनाई रहेको छ । तीन सय बिधालय उक्त उपकरण जोड्दा सबै कष्टिङ्ग मिलाएर साढे दुई करोड देखि तीन करोड लागत लाग्ने उनको भनाई रहेको छ ।

यो विषयमा अहिले वन मन्तालय सङ्ग छ्लफलको क्रममा रहेको छ । वन मन्तालय स्विकूत दिएमा तीन देखि चार महिना भित्र उक्त उपकरण जडान गरिने कार्यक्रम संयोजक बस्नेतको भनाई रहेको छ। अन्तक्रिर्या कार्यक्रममा बोल्दै बेतालमाण्डौ मावि बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश शाहले पानी शुद्धीकरण गर्ने उपकरणले सामुदायिक विद्यालयमा शुद्ध खानेपानीको पहुँच पुग्ने बिश्वास व्यक्त गरे ।

विधालयमा खानेपानीको पहुँच पुगे पनि पानी शुद्धीकरण गर्न उपकरण नहुदा समस्या हुँदै आएकोमा उक्त उपकरण सामुदायिक विधालयमा उपलब्ध भएमा बिद्यार्थीको शुद्ध पानीमा पहुँच पुग्ने जनकल्याण माविका व्यवस्थापन समितिका अध्यक्षका अध्यक्ष शिवबहादुर कुँवर शिलोजको भनाई रहेको छ ।

प्रभा धम्कोट प्राबिधिक तया व्यसायिक मावि व्यवस्थापन समितिका अध्यक्ष मोहन कुँवरले पानी शुद्धीकरण गर्न उपकरण सामुदायिक विद्यालयमा जडान गर्न कार्यक्रम राम्रो भएको भन्दै चाँडो कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।

यस्तै सुर्यचन्द्र प्राबिधिक तया व्यसायिक नमुना माविका प्रअ देबेन्द्र शाहले पानी शुद्धीकरण गर्न उपकरण सामुदायिक विद्यालयमा जडान भएमा जिल्लाका हजारौं बिद्यार्थीको शुद्ध पानीमा पहुँच पुग्ने बताए । सहभागी सबैले बिद्यार्थीहरुको शुद्ध खानेपानीमा पहुँचको लागि यो कार्यक्रम प्रभावकारी हुने धारणा व्यक्त गरेको थिए ।