मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तपाइको मास्क खोइ ?

तपाइको मास्क खोइ ?


अछाम : तपाइको मास्क खोइ ? अभियान अन्र्तगत अछाम बहुमुखी क्याम्पसले कोरोना संक्रमण विरुद्ध सदरमुकाम मंगलसेनमा सचेतनामुलक कार्यक्रम सहित मास्क वितरण गरेको छ । देशभर तीव्र रुपमा फैलिरहेको कोरोना भाइरस र यसको प्रभाव अछाममा समेत देखा परेकोले उक्त भाइरासबाट बच्न मंगलसेन बजारमा नागरिकहरुलाई सचेतामुलक जानकारी दिनका लागि अभियान सञ्चालन गरिएको हो ।

कोरोना संक्रमणबाट अत्यावश्यक काममा मात्र बाहिर निस्कने, बाहिर गए अनिवार्य मास्क र सेनिटाइजर प्रयोग गर्ने, एकअर्कामा दूरी कायम गर्ने र घर फर्केमा साबुन पानीले राम्ररी हात धुने बारेमा जानकारी दिइएको क्याम्पस प्रमुख छत्रबहादुर विष्टले जानकारी दिए । मास्क नलगाएर आएका व्यक्तिहरुमा क्याम्पसले निशुल्क मास्क वितरणसँगै सेनिटाइज गरेको थियो ।

क्याम्पस सञ्चालक समिति अध्यक्ष तथा मंगलसेन नगरपालिकाका प्रमुख पदमबहादुर बोहरासहित क्याम्पसबाट शुरु भएको सचेतनामुलक अभियान खुलामञ्च, वैरागीधारा, झारफुंगाधारा हुँदै क्याम्पसमै आएर टुंगिएको थियो । प्लेकार्डसँगै चेतनामुलक गीतका साथमा बजारमा मास्क नलगाएका व्यक्ति, व्यापारी, कर्मचारी र सर्वसाधारणमा चेतनामुलक अभियानसहित मास्क वितरण गरिएको थियो ।

जनचेतनामुलक अभियानका क्रममा बजारमा भेटिएका व्यक्तिहरुले अभियान सकारात्मक भएको भन्दै आफूहरु कोरोनाबाट बच्न सुरक्षाका मापदण्ड अपनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

अभियानमा क्याम्पस सञ्चालक समिति अध्यक्ष पदमबहादुर बोहरा, सदस्य रत्नप्रसाद ढुंगाना, क्याम्पस प्रमुख छत्रबहादुर विष्ट, सहायक क्याम्पस प्रमुख धु्रवकुमार शाही, समाजसेवी चन्द्रप्रसाद ढुंगाना लगायत क्याम्पसमा प्राध्यापक र कर्मचारी र विद्यार्थीहरुको सहगागिता रहेको थियो ।

क्याम्पसको बाह्य पहुँच कार्यक्रम अन्र्तगत उक्त सचेतनामुलक कार्यक्रम सम्पन्न भएको क्याम्पस प्रशासनले जानकारी दिएको छ । अभियान सञ्चालनका लागि मंगलसेन नगरपालिकाले सेनिटाइजर र मास्क, स्वास्थ्य कार्यालयले मास्क र डिके स्टोर साँफेबगरले मास्क सहयोग गरेको थियो ।