मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोनाको नयाँ भेरियन्ट हावाबाट सर्छ ?

कोरोनाको नयाँ भेरियन्ट हावाबाट सर्छ ?


काठमाडौं । केही यता नेपालमा एउटा हल्ला चल्यो– कोरोनाको नयाँ भेरियन्ट हावाबाट सर्छ । र, यो भेरियन्ट दुई घण्टासम्म हावामा जिवित रहन्छ । त्यसैले तुलनात्मक रुपमा यो निकै धेरै जोखिमपूर्ण छ । 

के यो हल्लामा सत्यता छ ? 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको खण्डन गरेको छ । मन्त्रालयका अनुसार हल्ला गरिए जस्तो कोरोनाको नयाँ भेरियन्ट हावाबाट सर्दैन । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा बुधबार मन्त्रालयले हावाबाट कोरोना भाइरसको नयाँ भेरियन्ट नसर्ने स्पष्ट पारेको हो । 

“अहिलेसम्म कोरोना हावाबाट सर्ने पुष्टि भएको छैन । यो हल्लामा सत्यता छैन,” स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता  समीर कुमार अधिकारीले भने, “कोरोना हाच्छ्यिु गर्दा, ठूलो स्वरले बोल्दा, गीत गाउँदा मुखबाट उछिट्निे थुकको छिटाबाट सर्ने हो, हावाबाट सर्दैन ।” भाइरस आफैं हावामा उड्न नसक्ने उनले प्रष्ट पारे । 

दुई मिटरको दूरीमा बस्ने, मास्क लगाउने, भिडभाडमा नजाने, सावुनपानीले बेलाबेलाा हात धुने तथा स्यानिटाइजर लगाएको खण्डमा कोरोना संक्रमण नहुने सह–प्रवक्ता अधिकारीले बताए । 

यसैबीच, मन्त्रालयले सरकारसँग उपलब्ध प्रणालीले नधान्ने निश्चित भएको बताएको छ । कोभिड संक्रमणको दर बढ्दै जाँदा सरकारसँग उपलब्ध स्रोत साधनले धान्न नसक्ने अवस्था आएको स्वास्थ्य मन्त्रालयको भनाइ छ ।  

“महामारी बढ्दो रुपमा गएको छ । हाम्रो हाम्रो प्रणालीले थेग्न नसक्ने महामारी हुँदा प्रायः हामीले दुःख पाउने निश्चित छ,” इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण प्रसाद पौडेलले बुधबार मन्त्रालयको नियमित प्रेस व्रिफिङमा भने, “अहिले को निजी को सरकारी तथा यो संघ, प्रदेश तथा स्थानीय निकायको जिम्मेवारी भन्ने समय र छुट छैन ।  सबैले आआफ्नो तहबाट सहयोग गरौं ।” 

सबै मिलेर लडेमात्रै कोरोनाविरुद्ध विजय प्राप्त गर्न ससकिने उनको भनाइ छ । पौडेलले सबैको बाच्ने र बचाउने रहर पूरा गर्न सहयोग गर्न सबैसँग आग्रहसमेत गरे ।