मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पाँच हजार ७२७ संक्रमित थपिए, थप ३३ जनाको मृत्यु

पाँच हजार ७२७ संक्रमित थपिए, थप ३३ जनाको मृत्यु


काठमाडौं । पछिल्लो २४ घण्टामा ५ हजार ७२७ जना कोभिड १९ संक्रमित थपिएका छन् । योसँगै सक्रिय संक्रमितको संख्या ३८ हजार ८१३ पुगेको छ भने हालसम्म कोभिड १९ संक्रमितको कूल संख्या भने ३ लाख २३ हजार १८७ पुगेको छ । 

त्यस्तै कोभिड संक्रमणका कारण पछिल्लो २४  घण्टामा ३३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा मृतकको संख्या ३ हजार २७९ पुगेको छ ।  २४ घण्टामा १५ हजार ९१६ वटा नमूनाको परीक्षण गरिएकोमा ५ हजार ७२७ जनाको नतिजा पोजेटिभ आएको हो । 

त्यस्तै पछिल्लो २४ घण्टामा ९२८ जना संक्रमणमुक्त भएका छन् ।  योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ८१ हजार ९५ पुगेको छ । 

पछिल्लो २४ घण्टामा संक्रमित हुनेहरुमा ९ बर्षसम्मका बालबालिका १३९ जना र १० देखि १९ बर्षका ३६७ जना छन् ।  

पछिल्लो चौबीस घण्टामा संक्रमित हुनेहरुमा सबैभन्दा धेरै ३० देखि ३९ बर्षका नागरिक १ हजार ३८९  जना छन् । त्यस्तै २० देखि २९ सम्मका १ हजार ३७२ जना, ४० देखि ४९ बर्षका १०५० जना, ५० देखि ५९ का ७३९ जना, ६० देखि ६९ का ३४९ जना, ७० देखि ७९ का १६२ जना ८० देखि ८९ का ५० जना ९० देखि १०० वर्ष उमेरका ४ जना  र उमेर नखुलेका ३६ जना  छन् ।