अछाम : पूर्वी अछामको भ्रमणमा रहेको पत्रकार महासंघ अछामको टोलीलाई त्यस क्षेत्रका स्थानिय तहले स्वागत, बधाई तथा सम्मान गरेका छन् ।
निर्वाचित भएपश्चात पहिलो पटक गाँउ पुगेका भन्दै कमलबजार नगरपालिका, तुर्माखाँद गाँउपालिका र ढकारी गाँउपालिकाले सम्मान गरेका थिए ।
तुर्माखाद गाँउपालिकाको आयोजनामा भएको सम्मान तथा बधाई कार्यक्रममा पालिकाका उपाध्यक्ष अमृता बुढा, निमित्त प्रमुख प्रशासकिय अधिकृत प्रेम बुढा लगायतले खाँदा र अविर लगाएर सम्मान गरेका थिए ।
कार्यक्रममा बोल्दै उपाध्यक्ष बुढाले महासंघ जिल्ला मात्रै केन्द्रित नभएर गाँउ समाजमा आएर वास्तविक मुद्धाको उठान गर्नुपर्ने बताईन् । साथै उनले महासंघको भवन निर्माणका लागि पालिकाले सहयोग गर्ने प्रतिवद्धता जनाईन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ अछामका पूर्व अध्यक्ष जनकराज भण्डारीले स्थानिय तह संचार मैत्री हुनुपर्नेमा जोड दिए । उनले स्थानिय निकायहरुले सुचना लुकाउने गरेको भन्दै अब त्यसो गर्न नहुने बताए ।
महासंघ अछाम अब जिल्लामा मात्रै सिमित नहुने र गाँउ समाजका राम्रा र नराम्रा दुई कुरालाई जनता सामु ल्याउन तर्फ केन्द्रित हुने बताए ।
यता ढकारीमा भएको कार्यक्रममा निमित्त प्रमख प्रशासकिय अधिकृत लोकेन्द्र बहादुर बोगटी लगायतका जनप्रतिनिधी तथा कर्मचारीले खादा र अबिर लगाएर बधाई तथा स्वागत सम्म्मान गरेका थिए ।
कार्यक्रममा उनिहरुले ढकारी गाँउपालिका सधैँ महासंघलाई साथ र सहयोग गर्न पछि नपर्ने बताएका थिए । साथै उनिहरुले पत्रकारहरुले गाँउ समाजका कुरालाई संचार माध्यम मार्फत जनता सामु ल्याउन आग्रह गरेका थिए ।
यस्तै कमलबजार नगरपालिकामा भएको बधाई तथा सम्मान कार्यक्रमा कार्यबाहक नगर प्रमुख भुमिसरा बजगाईले कलबजारमा रहेको पिसिआर प्रयोगशालामा आर्थिक अभाव देखिएको भन्दै यस बिषयमा कलम चलाउन आग्रह गरिईन् ।
उनले निर्वाचित पदािधकारीहरुलाई खादा र अबिरले बधाई दिदैँ सफल कार्यकालको शुभकामना समेत व्यक्त गरिन् । कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत खड्क बिष्ट लगायतको सहभागिता रहेको थियो ।
यस्तै ढकारी शिक्षक महासंघका अध्यक्ष कर्ण बुढाले पनि महासंघको टोलीलाई सम्मान गरेका थिए । भ्रमण टोलीमा महासंघ अछामका पूर्व अध्यक्ष जनक भण्डारी, प्रदेश सदस्य धमेन्द्र बिसी, जिल्ला अध्यक्ष खम्म खत्री, उपाध्यक्ष रमेश रावत, सचिव पूर्ण खड्का, सहसचिव नमराज भण्डारी, सदस्य तारामान खड्का, पवित्रा खड्का लगायतको सहभागीता रहेको थियो ।
प्रतिक्रिया