मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

५० बर्ष पछि विकास प्रेमी नेता स्व. हरी प्रसाद भण्डारीको सपना साकार हुदैँ

५० बर्ष पछि विकास प्रेमी नेता स्व. हरी प्रसाद भण्डारीको सपना साकार हुदैँ

'चिसापानी जंगलघाट मंगलसेन सड्कखण्डमा बाईक चल्न सुरु'


चिसापानी जंगलघाट मंगलसेन सड्कखण्डमा बाईक चल्न सुरु

अछाम । तत्कालिन अछामका विकास प्रेमी नेता स्व. हरी प्रसाद भण्डारीको सपना साकार हुने भएको छ । अछाम जिल्ला पञ्च्यातका सभापती स्वर्गिय नेता भण्डारीले देखेको सपना अर्थात उनले भन्ने गरेको विकासको पहिलो खुट्कीलो सड्क चिसापानी जंगलघाट मंगलसेन सड्कमा मोटरबाईक चल्न सुरु भएको छ ।

आज भन्दा ५० बर्ष अघि मोटर बाटो निर्माणको अवधारणा अघि सारेका तत्कालिन जिल्ला सभापति स्व. हरिप्रसाद भण्डारीले हरेक गाउका महिला पुरुषले श्रमदानबाट चिसापानीबाट सडक खन्दै २०२४ सालमा जिल्ला सदरमुकाम मंगलसेनमा मोटर पुरयाएका थिए ।

उनले चिसापानी देखि अछाम पुग्ने छोटो गन्तव्यका रुपमा बाटो खन्न लगाउदैँ र बाटो खन्न अप्ठेरो भएको ठाँउमा मान्छे लगाएर भएपनि पहिलो पटक राजा महेन्द्र संग माग गरेको गाडी काठमाण्डौँ बाट चिसापानी हुदैँ २०२४ साल चैत्र २४ गते अछाम जिल्लाको सदरमुकाम मंगलसेन पुर्याएका थिए ।

तत्पश्चात २०२८ सालमा स्व. भण्डारीले चिसापानी–जंगलघाट–मंगलसेन ट्याक्टर सडक भनेर राजा महेन्द्रसँग योजना माग गरेका थिए । राजाको पालामा सडकको योजना त बन्यो तर त्यसले पञ्चायत हुँदै प्रजातन्त्र र अहिले गणतन्त्र आउँदा समेत मूर्त रुप पाउन लगभग ५० बर्ष कुर्नु परयो ।

स्वर्गीय भण्डारीको योजना अनुरुप नै हाल अछाम खण्ड र सुर्खेत खण्डमा सड्क निर्माणको ट्रयाक खोल्ने काम सम्पन्न भएपछि मोटरबाईक चल्न थालेका छन् । अछाम खण्डमा यसअघि नै सडक निर्माण भइसकेको भए पनि सुर्खेतमा एक हजार ५ सय मिटर सडक काट्ने काम भर्खरै सकिएपछि मोटरबाईक चल्न सुरु भएका हुन् ।

यद्यपी कर्णाली नदीमा पक्की पुल बन्ने काम भने सुरु भएको छैन् । पुल निर्माण नभएपनि अहिले दुबै तर्फको सड्क निर्माण भएपछि झुलंगे पुल मार्फत मोटरबाईक बाट अछाम कैलाली यात्रा गर्नेका लागि सहज भएको छ । जंगलघाटमा पक्की पुल निर्माणको काम बाँकी रहेपनि मोटरेवल पुल निर्माणका लागि ठेक्कपट्ठाको काम सुरु भएको सडक विभागको पुल महाशाखाले जनाएको छ । सम्झौताको तीन वर्षभित्र मोटरेवल पुल निर्माण गरिसक्नुपर्ने छ ।

अछामको मंगलसेन–जंगलघाट–चिसापानी सडक खण्डको जंगलघाटमा ५० वर्षपछि सरकारले पुल निर्माण गरिदिने भएपछि छोटो दूरीमा कैलाली संग अछाम जोडिने भएको छ । अछाम र सुर्खेतबीच जंगलघाट स्थित कर्णाली नदीमाथि मोटरेवल पुल निर्माण प्रक्रिया शुरु भएसँगै फाष्ट ट्रयाक सडकले ५० वर्षपछि पूर्णता पाउने छ ।

कर्णाली नदीमा पुल बनेपछि ठुला गाडी चल्न थाल्नेछन् । सडक खण्डका अन्य भागमा निर्माणको काम सकिएका छन् त्यही कर्णालीमा पुल बन्न बाँकी छ तुर्माखाँद गाँउपालिकाका अध्यक्ष पुष्पराज शर्माले भने पुल बनेपछि अछामको विकासले थप गति लिनेछ । जंगलघाटमा पुल निर्माणका लागि दुई ठाउमा सर्वे भइसकेको र ठेक्काको काम अघि बढेको सुर्खेतको पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्र थापाको भनाइ छ ।

अछाम सदरमुकाम मंगलसेनबाट करिब १२० किलोमिटरमा कैलालीको चिसापानी पुग्न सकिने छ । हाल मंगलसेनबाट ३१० किलोमिटर जोखिमपूर्ण सडकबाट धनगढी पुग्नुपर्ने बाध्यताको अन्त्य हुनेछ ।

वि.सं. २०२८ साल यता देशमा विभिन्न परिर्वतन भए तर अछामका राजनितिज्ञहरु तथा सरकारले समेत चाँसो नदिदाँ बाटो बन्न ५० बर्ष लागेको मंगलसेन नगरपालिका वडा नंं. ६ का अध्यक्ष एवं स्वर्गीय नेता भण्डारीका भतिजा जनक भण्डारीले बताए । जंगलघाटमा पुल निर्माणपछि तराई र पहाड सजिलैसँग जोडिएर यहाँका नागरिकलाई व्यापार व्यावसाय गर्न सहज हुने भण्डारीको भनाई छ ।

तराईसंगको सहज पहुँचले कृषि, सीप, सेवा र उत्पादन आदान प्रदानले आर्थिक वृद्धिले गति लिनेछ । छोटो दूरीको सो सडकको पुल तोकिएकै समयमा निर्माण हुन सकेमा अछामसहित बाजुरा, डोटी र कर्णालीका दैलेख, कालिकोट र जुम्ला, हुम्ला, मुगुसम्म समेत सहज सडक बन्नेछ । दुई प्रदेशसँगै तराईमा भारत र पहाडमा चीनलाई जोड्न सकिने सो सडक रणनीतिक सडक पनि हो ।

तत्कालीन जिल्ला पञ्चायत सभापतिको विकास प्रति तीव्र इच्छा थियो । उनले सड्क संगै अछाम संगै सुदूरपश्चिमको समग्र विकासका लागि योग्दान गरेका थिए । डोटी अछाम एउटै जिल्ला हुदाँ अछामलाई छुट्टै पहिचान सहितको जिल्ला बनाउन उनले पनि योगदान गरेका थिए ।