मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देशका पहाडी भूभागमा वर्षा हुँदै, कस्तो रहला तीन दिनको मौसम?

देशका पहाडी भूभागमा वर्षा हुँदै, कस्तो रहला तीन दिनको मौसम?


काठमाडौं – देशमा पश्चिमी वायु र स्थानीय वायु सक्रिय हुँदा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भइरहेको हो।

वागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग/ हावाहुरीसहित वर्षा भइरहेको महाशाखाले जनाएको छ। आज दिनभर नै देशका पहाडी भूभागमा सामान्य बदली र अन्य भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान गरिएको छ। 

यस्तै वागमती र गण्डकी प्रदेशलगायत अन्य पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित वर्षाको सम्भावना छ।

महाशाखाले जारी गरेको बुलेटिनमा आगामी तीन दिनसम्म मौसम सक्रिय रहने उल्लेख छ।