मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उद्योग वाणिज्य संघ अछामको नयाँ कार्य समिती सर्वसम्मत, अध्यक्षमा कडायत ।

उद्योग वाणिज्य संघ अछामको नयाँ कार्य समिती सर्वसम्मत, अध्यक्षमा कडायत ।


अछाम । अछाम उद्योग वाणिज्य संघको तेश्रो साधारण सभाले नयाँ कार्य समिती चयन गरेको छ । संघको अध्यक्षमा यसअघिका कार्यबाहक अध्यक्ष महेन्द्र कडायत सर्ब सम्मत निर्वाचित भएका छन् ।

शनिबार मंगलसेनमा सम्मन्न साधारण सभाले संघको उपाध्यक्षमा बम बहादुर रावल (उधोग), यज्ञराज ढुंगाना (बाणिज्य), महासचिमा छत्र बहादुर बोहरा, सचिवमा कृष्ण कुवँर र कोषाध्यक्षमा दल बहादुर साँउद सर्वसम्मत चयन गरेको छ ।

यस्तै संघको सदस्यमा बिमला शाही, श्याम लाल देउवा, मिन बहादुर बोगटी, प्रकाश बहादुर शाही, नरेन्द्र खड्का, टंक खड्का, नृप बहादुर कुवँर, भिम बहादुर कुँवर, रण बहादुर रावत, भिम बहादुर चलाउने, मिलता अधिकारी, भारती भट्टराई, महेश खड्का, मिन राना र अक्कल सोव रहेका छन् ।