अछाम : नया भेरियनट सहितको कोरोना भाईरसको संक्रमण देशभर त्रिव गतिमा बढीरहेको भन्दै अछाम जिल्लामा निषेधाज्ञा जारी भएको छ ।
कोरोनाको संक्रमण रोकथाम र नियन्त्रणका लागि आज राती १२ बजे बाट निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ ।
भारत र नेपालका विभिन्न जिल्लामा कोरोनाको संक्रमण दर एकदमै उच्च रहेको भन्दै अछाममा पनि संक्रमण दिनानुदिन बढेको भन्दै सर्तहरु लागु गरेर निषेधाज्ञा गरिएको प्रमुख जिल्ला अधिकारी रुद्र मल्लले बताए ।
जिल्ला कोभिड संकट व्यावस्थापन केन्द्रको सिफारिस तथा जिल्ला सुरक्षा समिती अछामको १६ गते बसेको निर्णय अनुसार जिल्लाभर निषेधाज्ञा लागु गरिएको प्रजिअ मल्लले बताए ।
जिल्लाबासी सबैमा उक्त निर्देशन पालना गर्न आग्रह गरिएको छ भने नियमको उल्ंघन गरे प्रचलित कानुन बमोजिम कारबाही हुने जारी सुचनामा उल्लेख गरिएको छ ।
प्रतिक्रिया